भरतपुर महानगरपालिकाको मुख्य सडकहरुमा अटो रिक्सा अब गुड्न नपाउने

प्रकाशित मिति:

भरतपुर महानगरपालिकाको मुख्य राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे सवारी साधनलाई रोक लगाउने योजनाले र्मूतरुप लिने भएको छ । उच्च अदालत हेटौंडाले भरतपुर महानगरपालिकाको राजमार्ग क्षेत्रभित्र तीन पांग्रे सवारी साधन चलाउन रोक लगाउने निर्णयविरुद्ध परेको रिटलाई निरन्तरता दिन नपर्ने फैसला गरेपछि महानगरलाई आफ्नो योजना अघि बढाउन बाटो खुलेको हो ।

अदालतले साउन ४ गते तत्काल निर्णय कार्यान्वन नगर्न भन्दै दुवै पक्षलाई बहसका लागि उपस्थित हुन आदेश दिएको थियो । सोमवार भएको बहसपछि अदालतबाट जारी स्टे अर्डरलाई निरन्तरता दिनुनपर्ने फैसला गरेको छ ।महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीले निर्णयको कार्यान्वयन आजबाट गरिने बताए । उनले विभिन्न स्थानमा ट्राफिक प्रहरी, महानगरका प्रहरीहरु राखेर कार्यान्वयनमा जाने बताए ।