मनाङमा आइस क्लाम्बिङ हुने

प्रकाशित मिति:

मनाङ / मनाङको हुम्देमा साहसिक खेल आइस क्लाम्बिङ हुने भएको छ । नेपालको पर्यटनको प्रचार प्रसार गर्ने उदेश्यले हुम्देमा २० जना युवाहरुको समूहले आइस क्लाम्बिङ प्रतियोगिता आयोजना गर्न लागेका हुन् ।क्लाइबिङ प्रतियोगिताको आयोजना भने नेपाल क्लाइबिङ टीमले गर्न लागेको हो । क्लाम्बिङमा सहभागी खेलाडीहरुको टोली फेब्रुअरी २ तारिखमा मनाङ तर्फ लाग्ने आयोजकले बताए । क्लाम्बिङको टोलीमा विदेशी खेलाडीहरुको पनि सहभागी रहने आयोजक समुहका एक सदस्य विष्णु तामाङले जानकारी गराउनु भयो । तामाङका अनुसार क्लाम्बिङ टोलीले फेब्रुअरी १० तारिखमा प्रतियोगिता सकिनेछ ।

टोलीले अन्नपुर्ण हिमालबाट बगेको हिउँमा क्लाइबिङ गर्नेछ । क्लाइबिङका लागि हुने सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । क्लाम्बिङमा १८ लाख रुपैंमा खर्च हुने अनुमान गरिएको छ । नेपालमा पनि आइस क्लाम्बिङ गर्न सकिने र यसबाट अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न सकिने सदस्य तामाङले बताए ।विषेशगरी पुस माग पर्यटनको सिजन नहुँदा यसमा काम गर्ने व्यक्तिहरु बेरोजगार हुनुपर्ने अवस्था छ । यदि आइस क्लाम्बिङ गर्न सके सबै मौसममा व्यवसाय गर्न सकिने आयोजकको बिश्वास रहेको छ ।