केही कुकुर जो मालिकप्रति अति बफादार बनेर चर्चित भए

प्रकाशित मिति:

कुकुर र मानिसको सम्बन्ध सदीयौंदेखि प्रगाढ छ । र, कतिपय व्यवहार अनौठो लाग्दो पनि । पछिल्लो समय चीनको एउटा कुकुर चर्चामा छ । जो असी दिनदेखि मध्य सडकमा आफ्नो मालिकको प्रतिक्षा गरिरहेको छ । चीनको भित्री मंगोलियन प्रान्तको होह्होटको व्यस्त सडकमा यो कुकुर असी दिनदेखि आफ्नो मालिकको प्रतिक्षामा छ । २१ अगस्टमा मालिक यहिँ मारिएपछि प्रत्येक दिन यो कुकुर सडकमै हुन्छ, सायद मालिक फर्किने आशामा । यो कुकुरको बफादारी यतिबेला चीनको सामाजिक सञ्जाल ‘सिना वेइबो’ चर्चित छ ।

चीनको समाजिक सञ्जाल प्रयोगकर्ताको मन जित्ने यो पहिलो कुकुर भने होइन । यही वर्षको सुरुमा पियर भिडियो प्रयोगकर्तामाझ एउटा बुढो कुकुर चर्चामा थियो । साओङसाओङ नामक यो कुकुर आफ्नो मालिक कामबाट घर नआएसम्म ट्रेन स्टेसनमा धैर्यपूर्वक कुरेर बस्थ्यो ।

जापानमा ‘हाचीको द अकिता’ नाम गरेको एक कुकुर आफ्नो बफादारिताको लागि सन् १९२० को दशकमा चर्चित भएको थियो । हाचीको प्रत्येक दिन कामबाट फर्किएका आफ्नो मालिकलाई रेल स्टेशनमा लिन जान्थ्यो । मालिकको मृत्यु भएको नौं वर्षपछिसम्म पनि हाचीको रेल स्टेशन धाइरह्यो । जसको मालिक कुर्दाकुर्दै त्यही रेल स्टेशनमा ज्यान गयो । टोकियोको सिबुया प्रान्तको रेल स्टेशन हाचीकोको शालिक छ ।