आजको राशिफल २०७५ माघ १८ गते, शुक्रबार

प्रकाशित मिति:

मेष राशिः मनमा प्शन्नता रहनेछ, कार्य लाभका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । वृष राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्यमा अस्थिरताका साथै खर्चमा वृद्धि हुने देखिन्छ । मिथुन राशिः आर्थिक लाभ हुनेछ, धन प्राप्तिाका साथै अध्ययनमा रुचि जाग्नेछ । कर्कट राशिः व्यवसायमावृद्धि हुनेछ, कार्य लाभका साथै आर्थिक उन्नतिको योग देखिन्छ । सिंह राशिः पराक्रम बढ्नेछ, मित्र लाभका साथै सामाजिक कार्यमा रुचि जाग्ने देखिन्छ । कन्या राशिः कार्यमा अवरोध रहन सक्नेछ, खर्च बढ्नुका साथै मनमा चपलता छाउने देखिन्छ । तुला राशिः व्यापारमा वृद्धि हुनेछ, कार्य लाभका साथै अध्ययनमा मन जानेछ । वृश्चिक राशिः आय बढ्नेछ, भौतिक वस्तुबाट लाभका साथै मनमा उत्साह छाउने देखिन्छ । धनु राशिः मीष्ठान्न प्राप्ति हुनेछ, आर्थिक उन्नतिका साथै कार्यमा उन्नति हुने देखिन्छ ।मकर राशिः कार्यमा अवरोध रहनेछ, खर्च बढ्नुका साथै कार्यमा कठिनाई झेल्नु पर्ने देखिन्छ ।कुम्भ राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्यमा उन्नतिका साथै धातुजन्य वस्तु लाभदायी रहनेछन् ।मीन राशिः अध्ययनमा रुचि जाग्नेछ, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला ज्योतिषाचार्य, वास्तुविद्