नेपाल चिकित्सक संघद्धारा आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा

प्रकाशित मिति:

नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । बिहीबार राष्ट्रियसभाले चिकित्सा शिक्षा विधेयक पास गरलगतै संघले आन्दोलनको घोषणा गरेको हो । डा. गोविन्द केसीको जीजन रक्षाका लागि गरिएको कार्यक्रमलाई बेवास्ता गरिएकोमा स्तब्ध भएको संघले बताएको छ । डा. केसी २३ दिनदेखि अनसनमा छन् भने उनको समर्थनमा संघले देशभर दबावमूलक कार्यक्रम गर्दै आएको छ ।डा. केसीको जीवनरक्षाका लागि सरकारले कुनै पहल नगरेको भन्दै चिकित्सक संघले शुक्रबार सांकेतिक आन्दोलन स्वरुप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।साथै कडा कदम चाल्ने परिस्थिति सिर्जना नगर्न तथा वार्ताबाट समस्याको समाधान खोज्न सरकारलाई आग्रह गरेको छ ।

अन्यथा आन्दोलनका कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न हुने परिस्थितिको जिम्मेवारसरकार नै हुने संघका महासचिव डा. लोचन कार्कीद्वारा रा जारी विज्ञप्तिमा उल्लेख छ ।चिकित्सक संघले डा. केसीको जीवन रक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पतालमा रिले अनसन गरिरहेको छ ।यता नेपाली कांगेसले डा केसीको जिवन रक्षाको माग गर्दै संसद वैठक अवरुद्ध गरेको छ । केसीका मागका सम्वन्धमा वार्ताका माध्यमबाट समाधान खोज्न माग गर्दै संसदले वैठक अवरुद्ध गरेको हो । यता नेपाली कांग्रेसका सभापती शेर वहादुर देउवाले अनसनरत डा केसीलाई भेट गर्नु भएको छ । उहांले सरकार संवेदनशिल नभएकोले अनसन स्थगित गर्न आग्ह गर्नु भयो ।यता चिकित्सकहरुको हड्तालका कारण देशभरका सरकारी तथा निजि अस्पतालहरु बन्द रहेका छन् । इमरजेन्सी वाहेक का सबै सेवा अवरुद्ध हुदा उपचारका लागि अस्पताल पुगेका विरामीहरु भने मर्कामा परेका छन् । यस क्षेत्रकै ठुलो अस्पताल लुम्बिनी अञ्चल अस्पतालमा पनि शुक्रबार चिकित्सकहरुले हड्ताल गरेका कारण सेवा अवरुद्ध भएको छ ।