ईन्ट्रीको नाममा पैसा असुल्दै सुरक्षाकर्मी

प्रकाशित मिति:

कपिलवस्तु ,  नेपाल भित्रिने मालसमानहरू इन्ट्रीको नाममा पैसा वसुल्दै सुरक्षाकर्मीले बिना चेकजाँच गरि छोेडिदै गरेका छन । कृष्णनगर नाकाबाट भन्सार भई नेपाल भित्रिने मालसमानहरु ५ ठाउमा चेकजाच गरि कृष्णनगर क्षेत्र पार गर्दै गर्दा १ सय सम्मा प्रहरीलाई दिनु पर्ने फोटो मर्फत खुलेको छ । नेपाल भित्रने क्रममा सशस्त्र प्रहरी भन्सार, नेपाल प्रहरी बस स्टाप, नेपाल प्रहरी पिपल बोट फेरि सशस्त्र प्रहरीको चेक बिटले सबै मालबाहक ट्रकलाई चेकजांच गर्दै आएको छ । चेकपोष्टमा अहिलेपनि क्यबिन बनाएर पास भएका सबै मालवाहक गाडीहरुको ईन्ट्री बापत २० रूपैया चेकबिटले असुल्दै आएको तथ्य फोटो मर्फत खुलेको छ ।

रकम दिएको बाहनमा के कति माल लोड भएको छ र कतै ती बस्तुका बीच अवैध पदार्थ व अन्य भन्सार नभएका मालसमान लुकाईएका छन जस्ता राष्ट्रिय सुरक्षासंग सम्बन्धित अतिसंवेदनशील कुराहरु ड्युटीमा बस्ने सुरक्षाकर्मीहरुले सरोकारको बिषय नबनाएका कारण अहिले जिल्ला भित्र साना हथहतियार हरुको विगविगी मौलाएको छ । सुरक्षाको दृष्टिकोणले कपिलबस्तु जिल्लाको कृष्णनगर संवेदनशील ठाउको रूपमा मानिन छ । पैसाको लोभमा परि मालसमानको चेकजाँचमा लापरवाही गर्दा जनधन को सुरक्षामा समेत चुनौति हुन लागेको अनुमान गर्ना सकिन्छ ।