चिसोले ब्रिटिशलाई पनि सतायो

प्रकाशित मिति:

बुटवल – अमेरिकालाई चिसोले दशककै अवधिमा सबैभन्दा बढी असर गरिरहँदा ब्रिटेन पनि यसबाट टाढा रहन सकेन । विद्यालयहरु बन्द भएका छन् भने त्यसको असर अझै पर्ने जनाइएको छ । ब्रिटेनमा यो वर्षको सबैभन्दा चिसो बिहीबारको रात भएको डेलीमेलले लेखेको छ ।

दक्षिणी इंगल्याण्ड र वेल्सलाई बढी नै असर पुर्याएको छ । त्यहाँ हिउँ परेको छ । तीन फिट हिउँ दुई घण्टासम्म रहेको थियो । सडकमा थुप्रै सवारी साधनहरु फसेका छन् । हाइवेमा चालकहरुलाई सचेतना अपनाउन आग्रह गरिएको छ ।  तीन सय भन्दा बढी सवारी फसे । उनीहरुको उद्दारलाई सकस भयो । सडकमै हिउँले गर्दा निकै अप्ठेरो पर्यो । रेलयात्रा पनि समस्या भएको छ ।