पूर्व युवराज पारस शाह आज अस्पतालबाट डिस्चार्ज हुँदै

प्रकाशित मिति:

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहका छोरा पारस शाह आज अस्पतालबाट डिस्चार्ज हुँदै छन् । गत सोमबार पारसलाई एक्कासी हृलयघात भएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई आज २ बजेभित्रै डिस्चार्ज गरिने तयारी थालिएको छ । पारसलाई उनकै आग्रहमा अस्पतालले डिस्चार्ज गर्न लागेको हो । पारसलाई यो तेस्रोपटकको हृदयघात हो ।