धनकुटामा पहिलो पटक ओलीविरुद्ध मसाल जुलुस, आन्दोलनबाट सत्ताच्युत गर्ने चेतावानी

प्रकाशित मिति:

धनकुटा – ओली सरकारको विरुद्धमा बिहिबार साँझ धनकुटामा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पहिलो पटक चर्को विरोध गर्दै मसाल जुलुस प्रर्दशन गरेको छ । प्रधानमन्त्री ओलीको राजीनामाको माग गर्दै आज साँझ धनकुटा बजारमा नेविसंघले पहिलो पटक मसाल जुलुस निकालेको हो । ओली सरकारले अहिले गरिरहेको जनविरोधी निर्णयहरुको विरुद्ध र जबर्जस्ती अधिनायकबाद शैलीमा चिकित्सक स्वास्थ्य विधेक पास गरेको लगायत हत्या र बलात्कारीलाई कारवाही गर्न नसकेको, शान्ति सुरक्षा कामय गर्न नसकेको भन्दै ओली सरकारको चर्को विरोध गरेको हो ।

यसअघि चक्का जाम, विरोध प्रर्दशन, ज्ञापन पत्र बुझाउने लगायत विभिन्न विरोध कार्यक्रम गर्दे आएको नेविसंघले आज धनकुटामा बजार मसाल जुलुस निकाल्दै विभिन्न भागहरुको परिक्रममा गरी मदन चौकमा पुगी कोण सभामा परिणत भएको थियो ।

सो अवसरमा नेविसंघ धनकुटका अध्यक्ष बालानन्द दाहालले सम्बोधन गर्दै ओली सरकार देश चलाउन पूर्ण रुपमा असफल भैसकेकोले अब ओली सरकारले राजीनामा दिनु पर्ने यदी राजीनामा नदिए आन्दोलनबाट ओली सरकारलाई सत्ताच्युत गर्ने चेतावानी दिए ।

कार्यक्रमको संचालन गर्दे नेविसंघ धनकुटा बहुमुखी क्याम्पस इकाई समितिका पूर्व सचिव तथा विद्यार्थी नेता केपी पराजुलीले कार्यक्रमको संचालन गर्दै अव आन्दोलन सशक्त हुने वताए । मसाल जुलुसमा नेविसंघ धनकुटका जिल्ला सचिव सरोज धमला, नेविसंघ धनकुटा बहुमुखी क्याम्पस इकाई समितिका अध्यक्ष करुणा कटुवाल लगायत जिल्ला तथा क्याम्पस इकाई समितिका पदाधिकारीहरु र सदस्यहरु तथा धनकुटा बहुमुखी क्याम्पसका नेपाल विद्यार्थी संघका विद्यार्थीहरुको उल्लेखनीय सहभागीता रहेको थियो । सो अवसरमा विद्यार्थी नेताहरुले अधिनाकवादी ओली सरकारको विरुद अव सशक्त आन्दोलन गर्ने उद्घोष गरेका छन ।

थप समाचार