चितुवा घरमा पस्यो

प्रकाशित मिति:

भक्तपुर- भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित ‘काठमाडौं अफ ल कलेज’ नजिकै एक घरमा चितुवा पसेको छ।
स्थानीय कमला दाहालको घरभित्र आज बिहानै चितुवा पसेको प्रहरीले जानकारी दिएको छ। चितुवा घरमा पसेपछि सो घरका परिवारलगायत स्थानीय आतंकित भएका थिए।

चितुवा घरमा पसेको खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले वन कार्यालयलाई जानकारी गराएर वन कार्यालय र चिडियाखाना जावलाखेलबाट प्राविधिकसहितको टोलीले चितुवाको जीवितै उद्दार गरी चिडियाखाना लगिएको प्रहरीले जनाएको छ।