बौद्धिक कम्युनिष्ट नेता नेकपादेखि वाक्क , नेकपाका अग्रजलाई कांग्रेसमा प्रवेश गराए प्रकाशमानले !

प्रकाशित मिति:

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी बुद्धिजिवि संगठनका केन्द्रिय सदस्य तथा प्राध्यापक संगठनका केन्द्रिय सदस्य, रामेछापका बौद्धिक व्यक्तित्व, सुनापाती गापा- १ गुन्सिभदौरेका योगलाल गौतम र नेकपा माओवादीका पुर्व एरिया इन्चार्ज दिपक चौलागाईं नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

शुक्रबार बिहान नेपाली कांग्रेसका पुर्व महामन्त्री माननीय प्रकाश मान सिंहको सम्पर्क कार्यलयमा एक कार्यक्रम आयोजना गरि नेता सिंहको हातबाट टिका तथा सदस्यता ग्रहण गरि गौतम र चौलागाईं नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य रत्नहरी ढुंगेल जानकारी दिए । उनिहरुलाई नेपाली कांग्रेसमा रामेछापका पुर्व पार्टी सभापति रामचन्द्र खड्का, महाधिवेशन प्रतिनिधि अर्जुन कुमार केसी, भरत प्रसाद चौलागाईं, बिनिता खड्का, रामेछाप प्रदेश सभा ख तर्फका कांग्रेस उमेदवार जित ब. मगर, कांग्रेस नेता वेदराज लामा, होमनाथ गौतम कमल, सुर्य चौलागाईं भिम गौतम लगाएतले स्वागत गर्दै उज्ज्वल राजनीतिक भबिस्यको कामना गरे।

पार्टी प्रबेश गर्दै गौतमले नेकपाले जनतासामु बोल्छ एउटा गर्छ अर्को भन्दै अहिलेको कम्युनिष्ट सरकार न कम्युनिष्ट न प्रजातान्त्रिक यो त गन्तव्यबिहिन, सिद्धान्तबिहिन छ अब नेपालीको चाहना बमोजिम यो देशको नेतृत्व कांग्रेसले मात्र गर्न सक्छ त्यसैले हामी नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश गरेको बताए।