प्रदेश नं ५ को प्रदेशसभा वैठक नेपाली कांग्रेसद्वारा अवरुद्ध

प्रकाशित मिति:

बुटवल – प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रदेश नं ५ को प्रदेशसभा वैठक अवरुद्ध गरेको छ ।डा. गोविन्द केसीको जीवन रक्षा र निर्मला पन्तका हत्यारा पत्ता लगाउन सरकारले चासो नदिएको विरोधमा वैठक अवरुद्ध गरेको हो ।

वैठक शुरु भएलगत्तै विपक्षी दलका नेता बलदेव शर्मा पोखरेल रोष्टम अगाडि गएर वैठक चल्न नसक्ने भनेपछि कांग्रेस सांसदहरु उठेर वैठक अवरुद्ध गरेका हुन् । डा. केसीको जीवन रक्षा र निर्मला पन्तका हत्यारा पत्ता लगाउन चौतर्फी दवाव भएपनि सरकारले कुनै कदम नचालेको विरोधमा प्रदेश सभा वैठक अवरुद्ध गरेको नेता पोखरेलले बताए । कांग्रेसको अवरोधपछि सभामुख पूर्णबहादुर घर्तीले माघ २२ गतेसम्मका लागि वैठक स्थगित गरेका छन् । यसअघि नेपाली कांग्रेसले गोविन्द केसीको जीवन रक्षा माग गर्दै प्रतिनिधिसभा र राष्ट्रियसभा अवरुद्ध गर्दै आइरहेको छ ।