आज शनिप्रदोषव्रत, महिमा सहित हेर्नुहोस् आजको दिन २०७५ माघ १९ गते

१९ माघ २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया


श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल माघ महिनाको १९ गते शनिबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । हेमन्त ऋतु अन्तर्गत माघ कृष्णपक्षको त्रयोदशी तिथि बेलुका ९।५० बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । पूर्वाषाढा नक्षत्र राति १२।३९ बजेसम्म रहनेछ । आज हर्षण योग र गर करण रहेको छ । यसैगरी आज सूर्योदय ६।५२ मा छ भने सूर्यास्त बेलुका ५।४४ बजे हुनेछ ।

चन्द्रमा आज धनु राशिमा छन् । आज शनिप्रदोषव्रत हो । आज सन्ध्याकालीन समय दोषयुक्त रहने भएकाले शिवजीको उपासना शुभ रहनेछ । शनिबार सन्ध्याकालीन समयमा त्रयोदशी तिथि रहको अवस्थालाई शास्त्रले दोषयुक्त मानेको छ । आज व्रत वसी शिवजीको उपासना गर्नाले शनिजन्य दोष शान्ति हुनेछन् ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 
९८४१०१२२०३,९ ८०८२११२०५

फेसबुकबाट तपाईको प्रतिक्रिया