सुख कसरी प्राप्त हुन्छ ? हेर्नुहोस् आजको नीति वचन

प्रकाशित मिति:

शक्नोतीहैव यः सोढुं प्राक्शरीरविमोक्षणात् । 
कामक्रोधोद्भवं वेगं स युक्तः स सुखी नरः ।।– गीता

शरीर नाश हुनु पहिले नै काम र क्रोधरूपी वेगलाई नियन्त्रण गर्न सक्ने व्यक्ति सुखी रहन्छन् ।

काम र क्रोध मान्छेका शत्रु दुःखका कारक तत्त्व हुन् । जो आफ्नो शरीर त्याग्नु अगावै अर्थात् समयमै काम र क्रोधरूपी वेगलाई जित्न सक्छ वास्त्वमा उसैले सुखको अनुभूति गर्न सक्दछ । काम र क्रोध हाम्रा शत्रु हुन् । जसको पछि लाग्ने व्यक्ति सँधै दुःखको दलदलमा फसिरहेको हुन्छ त्यसैले वेलैमा काम र क्रोधरूपी वेगलाई त्याग्न सक्नु पर्दछ तब मात्र सुखी बन्न सकिन्छ भन्ने गीताको नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –