मुख्यमन्त्री पोख्रेलको प्रतिवद्धता : स्वर्गद्धारीको योजनाबद्ध बिकास गरिन्छ

प्रकाशित मिति:

प्युठान – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पबित्र धार्मिक तिर्थस्थल स्वर्गद्धारीको योजनाबद्ध विकास गरिने बताएका छन् । पर्यटन विकासबाट नै धेरै काम गर्न सकिने भन्दै पोखरेलले मुलुककै समृद्धि हुने गरी योजना बनाएर स्वर्गद्धारीको पहिचान स्थापित गरिने जनाए । सिङ्गो देश र उत्तर भारतका तिर्थयात्रीलाई स्वर्गद्धारीसंग जोड्न सके धार्मिक पर्यटनको महिमा बढ्ने बिश्वास ब्याक्त गरे।मुलुक केन्द्रीकृत राज्य प्रणालीबाट संघीय प्रणालीमा गएकाले विकासको मोडल पनि त्यसैअनुसार गराउनुपर्नेमा उनले जोड दिए । ‘यतिन्जेल केन्द्रीकृत राज्य प्रणालीबाट शासन चल्थ्यो, त्यस कारण यहाँ कसैको नजर परेन,’ उनले भने, ‘अब आफैं कानुन बनाएर कार्यान्वयन गर्ने अधिकार स्थानीय निकाय र प्रदेश सरकारलाई छ, अब छिट्टै परिवर्तन देखिने गरी काम हुन्छ ।’
स्वर्गद्धारी आधार शिवीर भिङ्ग्रीमा शुक्रवार स्वर्गद्धारी माडी महोत्सवको उद्धघाटन गर्दै उनले भने ‘अब ढुक्क हुनुस्, हामी गरेर देखाउँछौं, ५ नम्बर प्रदेशको समृद्धिको आधार नै स्वर्गद्धारी, लुम्बिनी जस्ता पर्यटकिय स्थल हुन ।’

प्रदेशलाई मुलुकको पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने तयारीमा प्रदेश सरकार रहेको उनले सुनाए। स्वर्गद्धारी धार्मिक हिसावले गौरबको थलो हो  उनले भने ुतिर्थयात्रीलाई आरामदायी र सुगम आवासको ब्यबस्था जरुरी छ। प्रदेशले समेत स्वर्गद्धारीको पर्यटन प्रबद्धनका लागि प्राथमिक्ता दिएर ठूलो धनराशी खर्चेको पोख्रेलले बताए।भिग्री स्वर्गद्धारी पर्यट्किय सडक केन्द्रले प्रदेश सरकारलाई हस्तान्तरण गरेमा कालोपत्रे गर्ने उनले बताए ।

स्वर्गद्धारीमा केवलकारका लागी जग्गा उपलव्धताको सुनिशिचिता भए निजि क्षेत्रलाई लगानी गर्न आग्रह गर्ने र प्रदेश सरकार समेत लगानी गर्न ईच्छुक रहेको बताए। स्वर्गद्धारीलाई खरको छानो मुक्त, पार्कस्थल र बहुउध्यशीय भवन निर्माणका लागि नगरपालिकाले खर्च गरे जतीको रकम प्रदेश सरकारले समेत लगानी गर्ने उनले आस्वासन दिए। मुख्यमन्त्री पोख्रेलले प्रदेशस्तरीय पर्यटन मार्ग बनाउने तयारीमा पनि आफू रहेको बताए।

मुख्यमन्त्री पोख्रेलले भने, ‘हामी लुम्बिनीमा आउने पर्यटकलाई प्रदेशभर घुम्ने वातावरणका लागि पर्यटन मार्ग बनाउने तयारीमा छौँ। पर्यटन मार्गमा लुम्बिनी, प्युठानको स्वर्गद्वारी, मुक्तिनाथ, रोल्पाको जलजला क्षेत्र, रुकुम, दाङ हुँदै बाँके र बर्दियासम्मको पर्यटन मार्ग बनाइनेछ।’ मुख्यमन्त्री पोख्रेलले पर्यटन, कृषि, उद्योग जस्ता क्षेत्रको विकासद्वारा यस प्रदेशलाई आत्मनिर्भर बनाउने दिशामा लागिपर्न स्थानीयवासीलाई पनि आग्रह गरे।

अबको राजनिती भनेकै बिकास र यात्रा भनेकै सम्बृद्धी भएकोले जनताको जीवनस्तर वदल्ने गरि काम गर्न आफू लागेको जनाए। प्रदेश सरकार १३ स्थानिय तहमा मुख्यमन्त्री ग्रामिण बिकास योजना लागू गरिएको बताउदै पोख्रेलले यस्ले पछाडी परेका क्षेत्रको बिकासमा सहयोग गर्ने बिश्वास ब्याक्त गरे । बृद्ध बृद्धाले पाउने सामाजिक सुरक्षाभत्ता आगामी ५ बर्षभित्रमा बढाएर ५ हजार बनाउने उन्ले बताए।

उनले स्वर्गद्धारीमा प्रथम भ्रमण वर्षको शुभारम्भ समेत गरे।

महोत्सव मुल समारोह समितिका संयोजक सि।टी। पोख्रेलले स्वर्गद्धारी भ्रमण वर्षको घोषणा, पर्यटकीय धार्मिक स्थलको अवलोकन र प्रचार(प्रसार गर्ने उदेश्यले महोत्सव सञ्चालन गरिएको बताए । “ स्वर्गद्धारीलाई प्राथमिकतामा राखी महोत्सव सुरु गरेका हौँ ।” पोख्रेलले भने “मेला हेर्न आउनेलाई स्वर्गद्धारीको दर्शन गर्न पुर्याइने छ ।” पैदल मार्ग र भिंगी देखि घोडामा चढेर स्वर्गद्धारीसम्म पुग्ने व्यवस्था गरिएको उनले बताए । स्वर्गद्धारी सञ्चार गृहद्धारा आयोजीत महोत्सव १० दिन सम्म चल्ने छ। महोत्सवमा दुई सय स्टल राखिएका छन। महोत्सव २८ गते सकिने आयोजकले बताएको हो।