चिकित्सा शिक्षा अध्यादेशको हुबहु विधेयक नआएसम्म आन्दोलन रोकिन्न :उपसभापति निधि

प्रकाशित मिति:
८ साउन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले चिकित्सा शिक्षा अध्यादेशको हुबहु विधेयक नआएसम्म आन्दोलन नरोकिने बताएका छन् ।

एक साता लामो यूरोप भ्रमण सकाएर मंगलबार स्वदेश फर्किएका निधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भने, ‘हुबहु पारित नगरेसम्म आन्दोन जारी रहन्छ ।’सम्बोधन भइसकेको विषयलाई सरकारले खोतलेर अनावश्यक विवाद सिर्जना गरेको उनको आरोप छ । निधिले साउन १० गते पार्टीको बैठक बसेर आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए ।

सरकारको रबैयाबिरुद्ध कांग्रेस सडक र सदन दुवै मोर्चामा उत्रिएको भन्दै दमनमा नउत्रिन सरकारलाई चेतावनी दिए ।

कांग्रेस उपसभापति निधि नेपाली जनसम्पर्क समन्वय समिति युरोपको पोर्चुगलमा आयोजित विस्तारित बैठक तथा कार्यकर्ता भेलामा सहभागी हुन २ साउनमा यूरोप गएका थिए । उनी भ्रमण छोट्याएर स्वदेश फर्किएका हुन् ।