डोटीमा जीप दुर्घटना एक जनाको ज्यान गयो, दुई घाइते

प्रकाशित मिति:

डोटी – अत्तरिया–स्याउले जोड्ने भिमदत्त पन्त राजमार्ग अन्तर्गत पर्ने डोटीको जोरायल गाउँपालिका–२, रुपसकाँडामा शुक्रबार राति १२ बजे लु १ च २५०८ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।इलाका प्रहरी कार्यालय बुडर डोटीका प्रमुख रुपसिंह थापाले दिनुभएको जानकारीअनुसार जीप दुघटनामा परि भारतको बरेली घर भएका अन्दाजी अमेर ४०र४१ का बब्लुको मृत्यु भएको हो ।

त्यस्तै दुर्घटनामा परि डोटीको केआई सिंह गाउँपालिका–५, रानागाउँ बस्ने वर्ष १९ का शंकर राणा र जीप चालक सुवास प्रजापति घाइते भएका छन् ।घाइतेहरुलाई उपचारका लागि कैलाली पठाइएको प्रहरीले जनाएको छ ।मृतकको शव जीप भित्र नै च्यापिएकाले प्रहरी तथा स्थानस्यको सहयोगमा निकाल्ने प्रयास भैरहेको इलाका प्रहरी कार्यालय बुडर डोटीका प्रमुख थापाले जानकारी दिनुभयो । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

थप समाचार