कुनै नयाँ काम सुरु गर्नुअघि यी ७ कुरामा ध्यान दिएमा भने मिल्नेछ सफलता ।

प्रकाशित मिति:

बुटवल – केही विद्धानहरुका अनुसार हामी कुनै नयाँ काम सुरु गर्नुअघि दुविधामा फस्ने भएकाले आफ्नो कामको बारेमा केही विशेष शुत्र थाहा पाउनु पर्ने बताउछन् । किनभने हामी कुनै काम सुरु गर्न आटेको बेलामा कामको भविष्यको बारेमा सोच्दछौ । जस्तै सफलता हुन्छ या हुदैन् ।

तर चाणक्यका अनुसार कुनै नयाँ काम सुरु गर्नुअघि यी ७ कुरामा ध्यान दिएमा कुनै दुविधामा नफस्ने बताएका छन् । किनभने चाणक्य प्राचीन भारतवर्षका बुद्धिमान, चतुर र प्रसिद्ध अर्थशास्त्री हुन् । हेरौ के के हुन् ?

-पहिलो कुरा यी ३ सोच बनाएर मात्र काम सुरु गर्नुपर्छ । १. काम शुरु गर्ने समय र स्थान, २. तपाईंको सम्पत्ति ३. समर्थन गर्ने मानिसहरू

-दोस्रोमा आफ्नो क्षमताको लेखाजोखा गरेर मात्र काम सुरु गर्नुपर्छ । यदि आफुले सुरु गरेको काम गर्ने क्षमता आफुसँग छैन् भने नसोचेको असफलता हात पर्छ ।

-तेस्रोमा आफ्नो बोली कस्तो छ । त्यसमा पनि भर पर्छ । किनभने यदि तपाई मिठो बोल्नुहुन्छ भने जे काम गरेपनि फाइदा हुन्छ ।

-चौथोमा दुश्मनलाई साथी बनाउने क्षमता हुनुपर्छ । त्यसैले तपाईलाई सफल हुनबाट कसैले रोक्दैन् ।

-पाचौमा तपाई आफु शारिरिक रुपमा स्वास्थ्य हुनुपर्छ । -छैटौमा काम शुरु गर्नुअघि विद्वान् तथा ज्योतिषीसँग सल्लाह लिनु पर्दछ । किनभने कुनै पनि काममा आफु १०० % जान्ने भन्ने हुदैन् ।

-सातौमा कुनै नयाँ काम सुरु गर्नु अगाडि पत्नीसँग सल्लाह गर्नुहोला । बाकीँ अरु कसैलाई नसुनाउनुहोला ।

-र आठौमा काम सुरु गर्दा आफु नराम्रो पनि बन्नुपर्छ । किनभने ठुलो निर्णय लिनुपर्ने हुन्छ ।