वालिङ महोत्सवमा झुमे दर्शक

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल/स्याङ्जा वालिङ उद्योग वाणिज्य संघले हरेक दुई दुई बर्षमा आयोजना हुने वालिङ महोत्सव बिहिवार देखि वालिङ खेल मैदानमा जारी छ । “हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान भन्ने मुल नाराका साथ जारी रहेको महोत्सवमा दर्शकहरुले झुमेका छन् । प्रदेश स्तरीय सातौ वालिङ महोत्सवले स्याङ्जाको आर्थिकरुपमा सवल बनाउने अपेक्षा सहित आयोजना गरिएको महोत्सवका मुल आयोजक समितिका संयोजक शोभाकान्त पौडेलले बताए । प्रादेशिक कषि, पर्यटन, सास्कृतिक एवम आद्यौगिक, व्यापारीक तथा शैक्षिक प्रदर्शनी हुने गरि आयोजना गरिएको महोत्सवले दर्शकहरुलाई आन्नन्द तवरले झुमाउने अपेक्षा हामीले लिएको पौडेलले बताए । हामी सगँ महोत्सवको राम्रो अनुभव छ संयोजक पौडेलले भने,“विगतका महोत्सवलाको समिक्षा गर्दै यो महोत्सवलाई अझै परिस्कृत गर्दै अगाडी बढेका छौं ।” महोत्सव सफल बनाउन यहाँका उद्योगी व्यवसायी र स्थानीय सरकारको पनि राम्रो सहयोग पाएका छौं संयोजक पौडेलले भने ।

स्याङजावासीको साझा रुपमा आयोजना गरिएको सातौ वालिङ महोत्सवको तेस्रो दिनमा दर्शकको उल्लेखनीय सहभागिता रहेको छ । शनिवारको दिन भएकाले पनि आयोजकले यो दिनमा १ लाख दर्शककोको अपेक्षा गरिएको महोत्सव प्रचार प्रसार संयोजक पदमराज गुरुङ्ले बताए । वालक देखि बृद्ध सम्म दर्शकले अवलोकन गर्ने बातावरण बनाएका छौं संयोजक गुरुङ्ले भने,“महोत्सव स्थलमा साँस्कृतिक, वाल उद्यान, शैक्षिक पर्दशनी, कृतिम चिडियाघर, व्यापार र जलासायमा पनि अवलोकन गर्न सकिन्छ ।”दर्शकलाई अवलोकनका लागि राम्रो वातावरण मिलाएकाले पनि दर्शकहरुको उल्लेखनीय सहभागिता हुने अपेक्षा हाम्रो हो गुरुङ्ले भने । सिदार्थ राजमार्गको नजिक रहेको वालिङ खेलमैदानले दर्शकलाई आउन जान सजिलो हुने भएकाले पनि वालिङ महोत्सव हरेक पटक सफलता पाउदै गरेको छ । ४ सय ५० स्टल रहेको महोत्सवमा सुचना प्रविधि, कृषि, अटोमोवाईल, होटल रेष्टुरेन्ट, बैक तथा वित्तिय संस्थाहरुको प्रदर्शनीका रुपमा रहेका छन् ।

एउटै थलोमा विभिन्न विषयमा अवलोकन सगै किनबेच गर्न पाईने सातौ महोत्सव हो महोत्सव सचिवालय संयोजक केशर बहादुर खाँण(ध्रुव)ले भने,“महोत्सवलाई भव्य र सभ्य बनाउन आयोजक विच समन्वयकारी भुमिका सगै हरेक दिनको समिक्षा नै हाम्रो सफलता हो ।” यो पटकको महोत्सवलाई अत्यन्तै साझा बनाउन र सबैको अपनन्त हो भन्ने भावना हामीले दिएका छौं खाँणले भने । ५ करोडको आर्थिक कारोवार हुने अपेक्षा गरिएको सातौ महोत्सवमा १ करोड ६० लाख आम्दानी र करिव १ करोड खर्च गरि ६० लाख आम्दानीको अपेक्षा गरिएको छ ।२०६३ सालबाट शुरु गरिएको वालिङ महोत्सव सातौ संस्करण सम्म आईपुग्दा सफलताको अबसरका रुपम चिनिदै आएको छ ।

देशभरका उद्योग वाणिज्य संघले आयोजना गरिएका महोत्सवहरु मध्ये वालिङ महोत्सव पनि सफलतामा नेपाल उद्योग वाणिज्य महासंघको तथ्याङ्कमा पनि देखिने गरेको पाईन्छ । वालिङ नगरपालिका पनि सातौ वालिङ महोत्सवमा आयोजकका रुपमा रहेको छ । स्थानीय सरकारले पनि नीजि क्षेत्रले आयोजना गरेको महोत्सवलाई सफल बनाउन आफ्नो भुमिकामा कुनै कसुर बाँकी नराख्ने जनाएको छ ।