आजको दिन

प्रकाशित मिति:

आज विक्रम संवत् २०७५ साल माघ महिनाको २० गते आइतबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । हेमन्त ऋतु अन्तर्गत माघ कृष्णपक्षको चतुर्दशी तिथि राति ११.३६ बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । उत्तराषाढा नक्षत्र राति २.५६ बजेसम्म रहनेछ । आज वज्र योग र भद्रा करण रहेको छ । यसैगरी आज सूर्योदय ६.५२ मा छ भने सूर्यास्त बेलुका ५.४४ बजे हुनेछ । चन्द्रमा आज धनु राशिमा छन् । आज आइतबार सूर्यलाई अर्घदान गर्नाले सूर्यजन्य दोष निवारण हुनेछन् । यसैगरी आज सूर्य भगवान्को उपासनासँगै राता वस्तुको प्रयोग शुभ रहनेछ ।