तामाङ समाज अमेरिकाले २८५५ सोनाम ल्होछार धुमधामका मनाउने

प्रकाशित मिति:

न्यूयोर्क-तामाङ समाज अमेरिकाले आफ्नो समुदायको सबैभन्दा ठुलो धार्मिक तथा सास्कृतिक पर्व २८५५(फागल्हो) सोनाम ल्होछार यहि फेबुअरी २ शनिबार न्यूयोर्कको ज्याक्सन हाइट्समा भब्यताका साथ मनाउने भएको छ | बिशेष पूजा र बिविध सास्कृतिक मनोरञ्जनात्मक कार्यक्रम सहित दुई चरणमा मनाइने उक्त पर्वको प्रमुख अतिथी नेपाली महाबाणिज्य दुतावास कार्यालयका बाणिज्यदुत कृशु क्षेत्री , बिशेष अतिथीमा काउन्सिलमेन Costa Constinidas, संयुक्त राष्ट्रसंघ (नेपाल मिसन)का प्रतिनिधिहरु, लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु उपस्थिती रहने छ | सोनाम ल्होछारको शुभारम्भमा ल्होछारको धार्मिक पुजा र परम्परा अनुसार लामा धर्मगुरुबाट पुजापाठ गरि( नागी ल्हो ) कुकुर वर्गलाई बिदाइ गर्दै २८५५ (फाग ल्हो) बदेल वर्गलाई स्वागत गरि शुभकामना आदानप्रदान गर्ने कार्यक्रम रहेको तामाङ समाज अमेरिकाको अध्यक्ष सानु माया तामाङले बताउनु भयो |

औपचारिक कार्यक्रम भने ज्याक्सन हाइटस्थित भेलोजिनो हलमा साझ ७ बजेदेखि विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसहित सबै संघसस्थाहरुको उपस्थितिमा तामाङ जातीको मौलिक भाषा, धर्म र सस्कृतियुक्त बिशेष प्रस्तुतीहरु रहेको अध्यक्ष तामाङले बताउनुभयो |यो पुस्तामात्र होइन भावी पुस्तासम्मलाई पनि तामाङ सस्कृति, भाषा तथा मौलिकताप्रति जागरुक बनाउन सोनाम ल्होछारलाई हरेक पुस्ता अनुकुलको कार्यक्रम बनाउन संस्था प्रतिवद्ध भइ लागिपरेको बताउदै समाजकी सचिब बिनिता तामाङले सम्पूर्ण तयारी पुरा गरिसकेको बताउनुभयो |न्यूयोर्कको ज्याक्सन हाइट्सस्थित 72-11 Roosevelt Avenue, Jackson Heights 11372 बेलोजेनो हलमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सहभागिता जनाउन आयोजक संस्था तामाङ समाज अमेरिकाले समस्त प्रवासी नेपालीहरुलाई आग्रह गरेको छ |२८५५ औ ल्होछार पर्वको शुभ अबसरमा तामाङ समाज अमेरिकाले सम्पूर्ण सदस्य, संस्थामा संलग्न महानुभाव तथा समस्त नेपालीहरुमा हार्दिक शुभकामना समेत व्यक्त गरेको छ |