सुनको मूल्य घट्यो,,हिंजोको दरमा २०० रुपैयां कममा आज कारोबार

प्रकाशित मिति:

सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ । मंगलबार ९साउन ८ गते० सुन ५६ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । सोमबार ५६ हजार ८ सय रुपैयाँ थियो । तेजावी सुन ५६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।चाँदी प्रतितोला ७३५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको हो ।