डा. लीको “मेरो अनुभवमा अमेरिकी यात्रा “पुस्तक सार्वजनिक

प्रकाशित मिति:

कोरियन मुलका अमेरिकी प्रोफेसर डा. हुबर्ट ली (Prof.Dr. Hubert Hojae Lee) ले आफ्नो अनुभव संगालेर मेरो अनुभवमा अमेरिकी यात्रा नामक पुस्तक प्रकाशन गरेका छन् ।उनले अवसरको मुलुकका रुपमा परिचित अमेरिकाको प्रजातन्त्र र पूंजीवाद, विश्पव्यापिकरण, अर्थतन्त्र र खुशि, परिवर्तीत अमेरिकी संस्कृती साथै नोवेल पुरस्कार विजेताहरु जस्ता विषयवस्तुलाई समेटेर ३०८ पृष्टमा उक्त पुस्तक निकालेका हुन् । पुस्तक भित्र अमेरिकी राष्ट्रपतिहरु जर्ज डब्यु बुस, बिल क्लिन्टन लगायत अमेरिकी सिनेटर र कांग्रेस का सदस्यहरु ले महत्वपूर्ण टिप्पणी गरेका छन् ।दक्षिण कोरियाली सेनामा काम गरिसकेका अवकाश प्राप्त अर्थशास्त्री ली ले प्रजातन्त्र, राजनितीक अर्थशास्त्र र साम्यवादी तथा पूंजीवादी अर्थतन्त्रका बारेमा गहिरो रुपमा पुस्तकभित्र समेटेका छन् ।दक्षिण कोरिया कसरी आधुनिकरण भयो अनि अमेरिकी अर्थतन्त्र बेला बेलामा असजिलो हुने कारण समेत पुस्तकमा प्रष्टाएका छन् उनले । कोरिया अमेरिका फाउण्डेशन संस्थाका संस्थापक अध्यक्ष डा .हुबर्टले अमेरिकन रिपब्लीकन पार्टीमा आबद्ध भई उक्त पार्टीलाई निर्वाचनमा जिताउन समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनकोे यो पुस्तकले आप्रवासी अमेरिकीहरुको बारेमा समेत गहन तरिकाले समेटेको छ ।

प्रस्तुती : मुकुन्द सुवेदी /अमृत पाण्डेय