अहिलेको सरकार अनैतिक क्रियाकलापमा अग्रसर छ : रज्जाक

प्रकाशित मिति:

नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले बर्तमान सरकारले संविधानको धज्जी उडाएको बताएका छन् । नेपाल प्रेस युनियन रुपन्देहीको बनभोज तथा भेटघाट कार्यक्रमलाई बनबाटीकामा सम्बोधन गर्दै पुर्व राज्य मन्त्री समेत रहेका रज्जाकले जनताको मर्म अनुसार काम नगरी अनैतिक क्रियाकलाप तर्फ सरकार अघि बढेको आरोप लगाए ।उनले अहिलेको सरकार जनउत्तरदायि नभएको र कम्यूनिष्टले नायकबाद ब्यवस्था ल्याएको भन्दै यसमा जनता रुष्ट भएको दावि गरेका छन् ।प्रेस युनियनले समाजलाई सुसुचित गराउन महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै सभापति रज्जाकले सभ्य तथा आर्दश समाज निर्माण गर्न निष्पक्ष भएर पत्रकारिता गर्न अपिल गरेका छन् ।

यस्तै कार्यक्रममा बोल्दै प्रेस युनियन जिल्ला सभापति रेखा भुषालले एकता,सद्भाव र साथित्व कायम गर्न भेटघाट कार्यक्रमले सहयोग पुर्याएको बताइन । युनियनको संगठनलाई आगामी दिनमा बलियो बनाएर अघि बढ्ने दृढता भुषालले बताइन ।तिलोत्तममा नगरपालिकामा रहेको बनबाटिकामा भएको सो कार्यक्रम प्रेस युनियन जिल्ला सभापति रेखा भुषालको अध्यक्षता ,कार्यक्रम संयोजक दिपक घिमिरेको स्वागत तथा सचिब श्याम शंकर पाण्डेको सञ्चालनमा भएको हो ।