कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा २१ गते देखि कृषि मेला हुने

प्रकाशित मिति:

भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा यहि माघ २१ गते देखि बुटवलमा आयोजना हुने कृषि मेला २०७५ को तयारी पुरा भएको छ । मेला आयोजक मुल समितिका संयोजक तथा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहदुर हमालले मेलाको सबै तयारी पुरा भएको जानकारी दिए ।मेलाको तयारीको विषयमा जानकारी दिन मेला सचिवालय बुटवल१० बुटवल मण्डप प्रर्दशनी स्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष हमालले मेलालाई नमुना मेलाको रुपमा विकास गरिने लक्ष्य लिएको जानकारी दिए ।बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नाराका साथ आयोजना हुने मेलाको तयारी अहिले तिब्र पारिएको हो ।मेलामा स्थल बुटवल मण्डपमा स्टल निर्माण देखि लिएर मेलामा सहभागीताको लागि राखिने विभिन्न कृषि जन्य उत्पादनहरुको ल्याउने क्रमम समेत बढेको छ ।विगतका बर्षहरूमा बुटवल उद्योग बाणिज्य संघले एक्लै नै कृषि मेला आयोजना गर्दै आएकोमा यस बर्ष भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ ले समेत आयोजकको रूपमा साथ दिएको छ ।

मेलामा यस पटक प्रदेश नं ५ र यस आसपासका जिल्लाहरुमा उच्च मूल्य जाने नगदेवाली र तरकारीजन्य उत्पादनमा सहयोग पु¥याउने, आधुनिक कृषि प्रविधि, विउ–विजन, कृषि औजार र मेशिनरी सम्बन्धी जानकारी अवलोकनकर्ता ९कृषक० लाई दिई आधुनिक कृषि उत्पादन सम्बन्धी प्रविधी हस्तान्तरण गर्ने, वैकल्पिक उर्जा सम्बन्धि जनचेतना अभिवृद्धि गरी यसको प्रयोगमा व्यापकता ल्याउन सहयोग पु¥याउने, उभोक्ता बिच स्वदेशी उत्पादनहरुको पहिचान, प्रचारप्रसार एवं उपभोगको चाहना अभिवृद्धि गरी किनमेलमा प्रोत्साहित गर्ने कार्यक्रम तय गरिएको मेला मुल समिति संयोजक हमालको भनाई रहेको छ ।

यस्तै मेलामा उद्योगीव्यापारी र उपभोक्ता बीच प्रत्यक्ष सम्पर्कको विस्तार गरी उत्पादन एवं सेवाहरु प्रति उपभोक्ताको चाहना बारे जानकारी लिने र उत्पादन प्रति विश्वास अभिवृद्धि गर्ने, उत्पादित कृषि उपजको सुरक्षित र मुनाफायुक्त बजारको पहिचान गराई उत्पादक र क्रेता विच समन्वय गर्ने, दुग्धजन्य, मासुजन्य, फलफूलजन्य, तरकारीजन्य तथा तुलानात्मक एवं प्रतिस्पर्धी क्षमता भएका अन्य कृषि उपजहरुको व्यवसायीक उत्पादन तर्फ उत्मुख गराउने, बुटवललाई कृषि उपजको बृहत संकलन केन्द्रको रुपमा स्थापित गराउदै निकासीयोग्य कृषि उत्पादनमा जोड दिदै निर्यात प्रवद्र्धन गर्ने । समेत लक्ष्य राखिएको छ ।भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ को कृषि विकास निर्देशनालयकी प्रमुख डा। शान्ती कार्कीले माटो परिक्षण सम्बन्धि कार्यका सम्बन्धमा जनचेतना फैलाउने तथा आवश्यक परामर्श दिने उद्देश्यले माटो विज्ञहरुबाट माटो परिक्षणको व्यवस्था मेला स्थलमा मिलाएको जानकारी दिईन् । मेलामा किसानका लागि उन्नत जातका बिउ विजन सरल र सहज रुपमा पु¥याउने उद्देश्यले स्थानीय रुपमा उत्पादित विभिन्न उन्नत जातका विउविजनहरुको प्रर्दशनी एवं विक्री वितरण गर्ने उद्देश्यले मेला स्थलमा छुट्टै पेभिलियनको व्यवस्था मिलाइएको छ ।जस अन्तर्गत रोल्पा र म्यादी जिल्लाका विउविजनतर्फ मार्फा रायो, टेक्सानी मुला, स्नुगर काउली, खुमल रायो, मुनावर्ती मुला, चालिस दिने मुला, चौमासिक सिमि, केराउ, धान, गहुँ लगायत अन्य विउविजनको खरिद मेला स्थलबाट गर्न सकिनेछ ।किसानहरुको बालीनालीमा लागेको रोग विषादीको उपचारका लागि मेला स्थलमा बोटविरुवा स्वास्थ्य परिक्षण शिविर संचालनको व्यवस्था, नेपाल सरकारले कृषि क्षेत्रका लागि ल्याएको सहुलियत पूर्ण ऋण र ब्याज अनुदान तथा कृषि विमा सम्बन्धी सेवाहरु वित्तिय तथा बिमा संस्थानहरुबाट सरल र सहज रुपमा प्राप्तीका लागि वित्तिय र बिमा संस्थाहरुको स्टल राखी सेवा सम्बन्धि विस्तृत जानकारी दिने व्यवस्था मिलाइएको छ ।
यस्तै स्थानीय कृषि उपज उत्पादनहरु माछा, च्याउ, कोदो, केरा आदिका विविध खानामा परिकारहरु उपभोक्तामाझ पस्किने हिसावले खाना महोत्सवको आयोजनाको व्यवस्था मिलाइएको छ ।मेलामा जम्मा ११५ देखि १२५ वटा कृषि सम्बन्धी स्टलहरु सहभागि रहने छन् भने करिब १ लाख २५ हजार अवलोकनकर्ताले अवलोकन गर्नेछ लक्ष्य लिएको छ ।