गुल्मीको मुसिकोटमा जीप दुर्घटना स् दुई जनाको ज्यान गयो

प्रकाशित मिति:

गुल्मी – गुल्मीको मुसिकोट नगरपालिका ८, अन्तर्गत वामी मैदानबाट वामी टक्सारतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।ग १ च ८३५७ नम्बरको जीप वामी मैदानमा पछाडि गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।दुर्घटनामा परि जीपधनी मुसिकोट नगरपालिका(८, निवासी ३० वर्षीय ठाकुर सापकोटा र त्यसै ठाउँकी ५५ वर्षीया पुतली ठकुरीको घटनास्थलमै ज्यान गएको मुसिकोट नगरपालिका– ८, का वडा अध्यक्ष नारायण सापकोटाले बताउनुभयो ।

त्यसै ठाउँका ५५ वर्षीय हरिकला कार्की र बाग्लुङ्ग जिल्ला बढीगाड गाउँपालिका निवासी १४ वर्षीय कमल कार्की दुर्घटनामा परेर गम्भीर घाइते भएका छन् । घाइतेहरुको टाउको र शरीरका अन्यभागमा चोट लागेको र उनीहरुको अहिले स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।जीप वामीटक्सारतिर झर्दै गर्दा पछाडि गर्ने क्रममा मैदान नजिकै रहेको चौपारीको भीरबाट झण्डै १ सय ५० मिटर तल खसेर दुर्घटना भएको बताइएको छ ।