नेपाल र यूएईबीचको खेल सुरू हुनुअघि हावाहुरीसहितको चट्याङ

प्रकाशित मिति:

काठमाडौं – नेपाल र यूएईबीचको तेस्रो तथा निर्णायक टी–२० खेलमा वर्षाले प्रभाव पार्ने भएको छ । दिउँसो पौने ३ बजेदेखि सुरु हुनुपर्नेमा अहिले पानी परिरहेको छ । यूएईका केही ठाउँमा हावाहुरी र चट्याङसहित पानी परिरहेको त्यहाँको मौसम विभागले जनाएको छ ।

पानीका कारण खेल प्रभावित हुन सक्ने जनाइएको छ । दुवै टिमले एक–एक खेल जितेकाले आजको नतिजाले उपाधिको छिनोफानो हुने छ ।

त्यहाँको मौसम विभागका अनुसार आज ठूलो पानी पर्ने सम्भावना छ । यदि वर्षाले खेल बिथोलिएमा नेपालले एकदिवसीयपछि टी–२० सिरीज जित्ने अवसरमा धक्का लाग्नेछ ।

नेपाली टिममा आज एक परिवर्तन पक्का जस्तै छ । सुरुवाति दुई टी–२० मा जम्न नसकेका प्रदीप ऐरीको स्थानमा विनोद भण्डारीलाई खेलाउने सम्भावना रहेको छ । यस्तै आज भीम सार्कीलाई पनि मौका दिन सम्भावना रहेको छ ।