करिब ३७ करोड आम्दानी गर्दै प्रदर्शन भइरहेको छ चलचित्र धडक

प्रकाशित मिति:

इशान खट्टर र जान्हवी कपूरको फिल्म ‘धडक’ प्रदर्शन भएको तेस्रो दिनसम्ममा ३६.६७ करोडको व्यापार गरेको छ ।

फिल्म ‘धडक’ प्रदर्शन भएको पहिलो दिनमा ८.७१ करोड र दोस्रो दिन ११.४ करोडको व्यापार गरेको थियो । फिल्मले प्रदर्शन भएको तेस्रो दिनमा झनै राम्रो व्यापार गर्न सफल भएको छ । तेस्रो दिन १३.९२ करोड कमाउँदै आज सम्म ३६.६७ करोडको व्यापार गर्न सफल भएको छ ।

फिल्म समीक्षक तरण आदर्शका अनुसार ‘धडक’ मराठी ब्लकबस्टर फिल्म ‘सैराट’ को रिमेक भए पनि निर्माता करण जोहरको धर्मा प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस फिल्मलाई अन्तर्राष्ट्रिय स्तरका दर्शकलाई ध्यानमा राखेर नयाँ ढंगले प्रस्तुत गरिएको छ ।

‘धडक’ ले पहिलो दिनमा ८.७१ करोडको व्यापार गर्दै धर्मा प्रोडक्शनले आफैले यसअघि निर्माण गरेको फिल्म ‘स्टुडेन्ट अफ् द इयर’ को रेकर्ड तोडेको छ । सन् २०१२ मा प्रदर्शित फिल्म ‘स्टुडेन्ट अफ् द इयर’ ले पहिलो दिनमा ८ करोडको व्यापार गरेको थियो ।