‘धुर्मुस र सुन्तली’को स्वागतमा भरतपुरमा उर्लियो मानवसागर, बाजा बजाएर सडकमै नाचगान

२० माघ २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
23 Shares


भरतपुर –  भरतपुरमा सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को भव्य स्वागत गरिएको छ । उनको स्वागतमा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाहसहित जिल्लास्थित राजनीतिक दलका नेताहरू, सरकारी कर्मचारीहरू र सामाजिक संस्थाका प्रतिनिधिहरू विमानस्थल पुगेका थिए । भरतपुर विमानस्थलदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणस्थल रामपुरसम्म उनीहरूलाई राष्ट्रिय झण्डा राखिएको गाडीमा यात्रा गराइएको थियो । महानगरका प्रमुख उपप्रमुख पनि उनीहरूसँगै गाडीमा थिए ।

उनीहरूको स्वागतका लागि महानगरपालिकाले तारतम्य मिलाएको थियो भने स्थानीयवासीहरू पनि स्वतःस्फुर्त उपस्थित भएका थिए । उनीहरूको स्वागतमा बाटोमा पानीका घडाहरू राखिएको थियो भने सामाजिक संस्थाहरू र स्थानीयवासीले ब्यानरसहित र्याली गरेका थिए । बाजागाज र भजन पनि सडकमा देखिएको थियो । आइतबार रंगशाला निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको घोषणा हुनेछ भने रंगशाला निर्माणस्थलमा बोर्ड पनि राखिनेछ । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । त्यसका लागि महानगरपालिकाले जग्गा उपलब्ध गराउने घोषणा यसअघि नै गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…
  • विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्र नबनाउन माग गर्दै उपकुलपतिलाई नेविसंघको…
  • रामजी ज्ञवालीको निर्देशनमा छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक
  • नेकपा धुर्कोट बस्तुद्वारा शोक सभा