दश हजार घुस लिएको अभियोगमा नायब सुब्बा समातिए

२० माघ २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
21 Shares


जिल्ला मालपोत कार्यालय, महोत्तरीका नायब सुब्बा ढकबहादुर कार्कीलाई दश हजार घुस लिएको अभियोगमा पक्राउ गरिएको छ ।जग्गा नामसारी गर्न सार्वजनिक मुचुल्का गरेबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा कार्कीलाई रकमसहित पक्राउ गरेको हो ।

नायब सुब्बा कार्कीलाई गौशाला नगरपालिका–१ रामनगरबाट शनिबार पक्राउ गरी सार्वजनिक गरिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी गराएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया