चापाकोट बहुमुखी क्याम्पसमा उद्दघोषण तथा नेतृत्व विकास तालिम

प्रकाशित मिति:

स्यांजा / चापाकोट बहुमुखी क्याम्पस स्ववियूको आयोजना तथा चापाकोट नगरपालिकाको आर्थिक सहयोगमा १० दिने सकारात्मक सोँच, उद्दघोषण, नेतृत्वविकास तालिम आज सम्पन्न भएको छ ।तालिमको समापन गर्दै नगरप्रमुख शिवकुमार गिरीले विद्यार्थीहरुका लागी नेतृत्व विकास र सकरात्मक सोँच निकै महत्वपुर्ण पक्ष भएको भन्दै तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । साथै प्रमुख गिरीले विद्यार्थी समाज तथा देशका संवाहक रहेकाले अध्ययनलाई मुख्य प्राथामिकता दिएर सभ्य समाज निर्माणका लागी लाग्नुपर्ने बताउनुभयो ।कार्यक्रममा नेविसंघका जिल्ला सभापति अजित क्षेत्रि, नेविसंघका साविक क्षेत्र नं। ३ का सभापति धनराज पौडेल, २ का विश्वास लम्साल, चापाकोट नगरपालिकाका सूचना अधिकृत खगेन्द्र भण्डारी, विद्यार्थी विद्या खनाल, कविता भण्डारी, श्रेया कोईरालालगायतले बोल्नुभएको थियो ।

स्ववियू सभापति सविनचन्द्र डोटेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत नेविसंघ ईकाइ सभापति शिशिर अर्याल र सञ्चालन विन्दु पंगेनीले गर्नुभएको थियो । ३० जना विद्यार्थीको सहभागिता रहेको तालिमा अमृत अर्याल, खगेन्द्र भण्डारी, गोविकृष्ण रेग्मी, माधव भट्टराईलगायतले सहजीकरण गर्नुभएको थियो ।