टी–२० शृङ्खला पनि जित्दै नेपालले रच्यो इतिहास

२० माघ २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
0 Shares

g]kfnL lqms]6 6f]nL 6«kmLsf] ;fydf o”POdf ;DkGg l6–@) l;l/h lhTg ;kmn g]kfnL /fli6«o lqms]6 6f]nL 6«kmLsf] ;fydf . t:jL/M ;f}hGoM /dg l;jfsf]6L, 6f]nL Joj:yfks /fli6«o lqms]6 6f]nL, /f;;

यूएईविरुद्धको टी–२० सिरिज पनि नेपालले जितेको छ । तेस्रो तथा अन्तिम टी–२० मा १४ रनको जित निकाल्दै नेपालले सिरिज २–१ ले आफ्नो पक्षमा पार्न सफल भएको हो ।आज दुबईमा पानी परेपछि १० ओभरमा झारिएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको थियो । सुरुआत त्यति राम्रो गर्न नसकेको नेपालले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर १०४ रनको शानदार पारि खेल्यो । आजको इनिङमा तीन बल खेलेका पवन खातानै खोल्न नसकि आउट भए । त्यसपछि क्रिजमा आएका ज्ञानेन्द्र मल्लले ९ बल खेल्दा २ चौकाको मद्दतले ११ रन जोडे । दीपेन्द्रसिंह ऐरी आज भने चल्न सकेनन् ।दोस्रो टी–२० मा उत्कृष्ट पारी खेल्दै नेपाललाई जिताएका दीपेन्द्र आज भने २ रन जोडेर फर्किए । २१ रन बनाउँदा दीपेन्द्र आउट भएपछि पारस र सन्दीप जोराल नेपालको इनिङ उकासेका थिए । आक्रामक ब्याटिङ गरेका पारस १४ बलमा ४ चौका र १ छक्काको मद्दतले २९ रन जोडे । पारस आउट भएपछि क्रिजमा आएका विनोद भण्डारी र जोराले पनि दुवै तर्फबाट आक्रामक पारि खेलेका थिए । सन्दीपले ११ बलमा तीन छक्काको मद्दतले २८ रन बनाए ।

विनोद भण्डारीले १३ बलमा २१ रन बनाउँदा २ चौका र एक छक्का प्रहार गरे । पाँच बलमा करण केसील १० रनको योगदान गर्दा नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर १०४ रन बनाउन सफल भयो । यूएईका सुल्तान अहमद र मोहमद नाभिदले दुई(दुई विकेट लिए ।१०५ रनको लक्ष्य पछ्याएको यूएईले सुरुआत राम्रो गरेको थियो । पहिलो विकेटका लागि २९ रनमो पहिलो विकेट गुमाएको थियो । पहिलो ओभरमै सन्दीप लामिछानेले २० रन खर्चँदा नेपाल दबाबमा परेको थियो । दोस्रो ओभरको अन्तिम बलमा सोमपाल कामीले नेपालाई पहिलो सफलता दिलाएका थिए ।टिमको स्कोर ५७ पुग्दा गुलाम शैबर आउट भए ।

आक्रामक व्याटिङ गरेका शैबरको व्यक्तिगत २५ रन हुँदा अभिनास बोहराको बलिङमा बोल्ड हुन पुगे । तेस्रो सफलता सन्दीप लामिछानेले दिलाएका थिए । उनले मोहमद उस्मानलाई २ रनमा सन्दीप जोराको हातबाट क्याच आउट गरे । ३० रन बनाएर खेलिरहेका शैमान अनवरलाई अभिनास बोहराले आउट गर्दा यूएईले टीमको स्कोर ७२ पुर्‍याएको थियो ।

करण केसीले नै मोहमद नाभिदलाई आउट गरे । सातौं सफलताको रुपमा ललितनारायण राजबंशीले सिपी रिजवानलाई आउट गरेका थिए । यूएईले निर्धारित ओभरमा ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । नेपालका लागि करण केसी, ललितनारायण राजवंशी र अभिनास बोहराले दुई(दुई विकेट लिँदा सन्दीप लामिछाने र सोमपाल कामीले एक(एक विकेट लिए ।तीन वटा एक दिवसीय र तीन वटा टि–२० सिरिजका लागि यूएई पुगेको नेपाली टोलीले एक दिवसीय सिरीज आफ्नो पक्षमा पारिसकेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • यात्रीलाई कुरुप भन्ने विमानस्थल कर्मचारीको जागिर गयो
  • भारतमा फेला परे नयाँ प्रजातिका माछा
  • घुस लिएको अभियोगमा सबइञ्जिनीयर पक्राउ
  • भारतमा हिमाचल राज्यमा घरमाथि रुख ढल्दा २ नेपालीको मृत्यु,पाँच जना…
  • पत्रकार डायलसन अधिकारीको निधन प्रती सभापति भरत कुमार शाह दुःख…
  • रोट्रयाक्ट डाउनटाउन द्वारा पर्यटन प्रबर्द्धन कार्यक्रम सम्पन्न
  • काठमाडौं प्रहरी प्रमुखलाई फेसबूकमा गाली गरेको भन्दै एक युवक पक्राउ
  • बोक्सीको आरोप लगाउँदै महिलालाई मलमूत्र खुवाइयो
  • चितवनका प्रहरी प्रमुखले भने– आन्दोनकारीमाथि सूक्ष्म निगरानी गरिरहेका छौं
  • शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश