रातो खुर्सानीले अभिषेक गर्नुपर्ने अनौठाको मन्दिर

प्रकाशित मिति:

भगवानको मन्दिरमा अविर, केसरी र दुधले अभिषेक गर्ने गरिन्छ । तर, भारतको एक मन्दिरमा भगवानलाई खुर्सानीले अभिषेक गरिन्छ ।दक्षिण भारत विचित्र मन्दिर र हिन्दू परम्पराका लागि चर्चित छ । भारतको तमिलनाडुस्थित वेलुप्पुरम जिल्लामा पर्ने इधांचवाडी गाउँमा अवस्थिते वर्ना मुथु मरियम्मन मन्दिरमा हरेक वर्ष ८ दिनसम्म खुर्सानीले अभिषेक गरिन्छ ।

खुर्सानीको अभिषेक हेर्नका लागि त्यहाँ हजारौं भक्तजन जाने गर्दछन् । मानिसहरुको स्वस्थ रहने कामना पूरा गर्नका लागि रातो खुर्सानीको अभिषेक गरिन्छ । मन्दिरको परम्परा अनुसार पूजामा रहनेले खुर्सानीले अभिषेक गर्नुका साथै आफ्नै शरीरमा खुर्सानीको लेप दल्ने र खुर्सानीको लेदो खाने गरिन्छ ।त्यतिमात्र नभइ मन्दिरभित्र भूँग्रोमथि हिँड्ने पनि गरिन्छ । यो सबै विधिले पूजा गर्ने व्यक्ति स्वस्थ्य हुने धार्मिक विश्वास गरिन्छ ।