चौथो क्यान इन्फोटेकको तयारी अन्तिम चरणमा

प्रकाशित मिति:

चितवन/ कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ ९क्यान चितवनको आयोजनामा माघ २५ देखि २९ गतेसम्म चितवनको भरतपुरमा हुने प्रभु पे चौथो क्यान इन्फोटेक मेला को तयारी तिब्र पारिएको छ ।मेलाको पुर्व सन्ध्यामा नीजि तथा सामुदायिक विद्यालयका कम्प्युटर शिक्षकलाई कम्प्युटरसम्बन्धी तालिम प्रदान , आईडिया हन्ट, कार्यक्रम लगाएतका केहि कार्यक्रमहरु गरिसकेको क्यानका जिल्ला उपाध्यक्ष बिष्णु लामिछानेले बताउनु भयो ।मेलामा सूचना प्रविधिका साथै हार्डवेयर ९कम्प्युटर, ल्यापटप, प्रिन्टर, नेटवर्किङ सामग्रीहरु सफ्टवेयर, सुरक्षा सम्बन्धी सामग्रीहरु, मोबाइल, स्मार्ट टिभीलगायत ८० बढि स्टल रहने क्यान चितवनले जनाएको छ ।

क्यान चितवनका कोषाध्यक्ष दिलिप कुमार तामाङले प्रबिधिको मेलामा प्रबिधिकै प्रयोग गरेर मेला लाई जति सक्दो भब्य र नमुना बनाउन लागी परेको बताउनु भयो । यस वर्ष मेलालाई पेपरलेस बनाउन डिजिटल टिकट र स्मार्ट गेट निर्माण गरिएको समेत उहाको भनाई छ ।मेलामा ८० लाखको कारोबार गर्ने लक्ष्य राखिएको बताउदै तामाङले स्टल बुकिगं लगभग अन्तिम चरणमा पुगेको र तयारी समेत अन्तिम अवस्थामा पुगेको जानकारी दिनु भयो । ‘चितवनको समृद्धि सूचना र प्रविधि भन्ने नारासाथ भरतपुरको अन्तर्रा्ष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना गर्न लागिएको मेला आईटी क्षेत्रको बिकासको कोशेढुगां हुने आफुहरुले अपेक्षा गरेको तामाङले बताउनुभयो ।

मेलामा हालै भित्रिएका विभिन्न नयाँ प्रविधिसमेत देखाइने क्यानले जनाएको छ । पाँच दिनसम्म चल्ने उक्त मेलामा नेपालमै बसेर सूचना प्रविधिको क्षेत्रमा भविष्य बनाउन चाहने युवा विद्यार्थीको प्रतिभा देखाउने र नयाँ क्षमता अभिवृद्धि गर्ने युवा विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो पटक आइडिया हन्ट कार्यक्रम पनि आयोजना भएको मेला मूल समितिका संयोजक एवं सङ्घका शाखा अध्यक्ष भानु शर्माले जानकारी दिनुभएको छ ।मेलामा आइटीसम्बन्धी अन्तरकिया कार्यक्रम डिजिटल नेपाल प्रोजेक्ट प्रदर्शनी तथा प्रतियोगिता, वेबसाइट निर्माण प्रतियोगिता, केलजस्तरीय हाजिरीजवाफ प्रतियोगिता, आइटीसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने सेमिनार आयोजना नित्य प्रतियोगिता लगाएतका धेरै कार्यक्रम हुने र केहि भइसकेको सचिव सन्तोष भुषालले बताउनु भयो ।

अन्तरविद्यालय नृत्य प्रतियोगिता, टोल विकास संस्थाका प्रतिनिधिलाई सूचना प्रविधिसम्बन्धी साक्षरता कार्यक्रमसमेत मेलामा हुनेछन् । यस वर्ष मेलालाई पेपरलेस बनाउन डिजिटल टिकट र स्मार्ट गेट निर्माण गरिँने भएको छ ।मेला प्रवेशका लागि सर्वसाधारणलाई रु ५० र विद्यार्थीलाई रु २५ को टिकट व्यवस्था गरिएको छ । करीब डेढ लाखले मेला अवलोकन गर्ने र ८० लाखको कारोवार हुने आयोजकको लक्ष्य आयोजकको रहेको छ । यसको मुख्य प्रायोजक प्रभु पे रहेको छ भने सहप्रायोजक अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्ट रहेको छ ।