ज्याद्रै बस्यो दिल

प्रकाशित मिति:

काठमाडौ‌ /   नायिका स्वस्तिमा खड्काको मूख्य अभिनय रहेको फिल्म ‘बुलबुल’को दोस्रो गीत सार्वजनिक भएको छ । चलचित्र फाल्गुन ३ गतेबाट प्रदर्शनमा आउँदैछ ।शनिवार राजधानीमा भइरहेको क्यान मेलामा कार्यक्रम गर्दै सयौँ दर्शकबिच गीत सार्वजनिक गरिएको थियो । ‘ज्याद्रै बस्यो दिल’ बोलको सार्वजनिक गीतमा नायिका स्वस्तिमा खड्का, कलाकार मुकुन भुषाल र दिपक क्षेत्री फिचरिङ छन् । गीतमा मनिकला पौडेलको शब्द, उद्गम परियार र उदयराज पौडेलको संगीत रहेको छ भने रजिना रिमालको स्वर रहेको छ ।

विनोद पौडेलको निर्देशन रहेको चलचित्र बुलबुलमा स्वस्तिमा टेम्पो ड्राइभरको भूमिकामा देखिएकी छिन् । चलचित्रको कथा र पटकथा निर्देशक स्वयंमले लेखेका हुन् । अविरल थापा, भिम थापा, राजु पौडेल, पुरुषोत्तम पाण्डेको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता रामराजा दाहाल हुन् ।