ह्वाइट हाउसबारे थुप्रै रोचक तथ्य जुन तपाइलाई थाहा नहुन सक्छ

प्रकाशित मिति:

अमेरिकी राष्ट्रपति बस्ने भवन ‘ह्वाइट हाउस’ विश्वभर चर्चित छ । १७९२ मा निर्माण गरिएको ह्वाइट हाउसबारे थुप्रै रोचक तथ्य छन्, जुन तपाइलाई थाहा नहुन सक्छ ।अमेरिकी राष्ट्रपतिको सरकारी निवासको नाम ‘ह्वाइट हाउस’ सन् १९०१मा टेड्डी रुजबेल्टले राखेका थिए । यसअघि, ह्वाइट हाउसलाई राष्ट्रपतिको महल भनेर चिनिन्थ्यो । भवन डिजाईनरबीच गरिएको प्रतियोगिता जित्दै सन् १७९२ मा जेम्स होबनले ह्वाइट हाउसको डिजाईन गरेका थिए ।ह्वाइट हाउस मात्र एउटा यस्तो भवन हो जुन राष्ट्रप्रमुखको निजी निवासका रुपमा सर्वसाधारणले निशुल्क भ्रमण गर्न पाउँछन् । ह्वाइ हाउस जस्तै देखिने भवन एटलान्टा, चीन र अष्ट्रीयामा समेत निर्माण गरिएको छ । भवन निर्माणका लागि युरोपेली आप्रवासीलाई दास बनाएर ४३ लाख ८० हजार अमेरिकी डलरमा निर्माण गरिएको थियो ।

अमेरिकी राष्ट्रपतिको कार्यालयका रुपमा परिचित ओभल रुम सन् १९१३ मा विलियम होवार्डले निर्माण गर्न लगाएका थिए । ह्वाइट हाउसको भुइतलामा मल, फुलको पसल र डेन्टिस्टको कार्यालय समेत राखिएको छ । यो आलिसन भवनमा बस्ने पहिलो राष्ट्रपति जर्ज वासिङटन नभइ जोन अडाम्स् हुन् । ह्वाइट हाउसमा ४ सय १२ ढोका, १ सय ४७ झ्याल र एक सय ३२ कोठा छन् । राष्ट्रपति भवन भित्र बंकर निर्माण गरिएको छ । आतंकवादी हमला भएमा बंकरमा बसेर नै राष्ट्रपतिले सम्पूर्ण काम गर्न सक्छन् भने बंकरबाटै बाहिर निस्किन मिल्ने सुरुंग समेत निर्माण गरिएको छ ।