कृषि क्रान्ती विना सम्वृद्ध नेपाल असम्भव : मन्त्रि बलदेव

प्रकाशित मिति:

कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनालले कृषिमा आमुल परिवर्तन नभए सम्म सुखी नेपाली र सम्वृद्ध नेपालको सँकल्प पुरा नहुने बताउनुभएको छ । कपिलवस्तुको बुद्धभुमी नगरपालीका स्थीत भृकुटी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव कार्यक्रममा बोल्दै वहांले उक्त कुरा बताउनुभएको हो । नेपाल कृषि प्रधान देश भएर पनि कृषिमा  परिवर्तन हुन नसकेकाले अव कृषि क्रान्ति विना सुखी नेपाली र सम्वृद्ध नेपाल बनाउनु असम्भव रहेको बताउनुभयो । उहाँले पश्चिम क्षेत्रकै केन्द्रमा रहेको भृकुटी माविलाई कृषि विश्व विद्यालयको रुपमा विकास गर्न लागी पर्ने थप भनाइ थियो ।
यसैगरी तिलौराकोट ,जगदिशपुरताल, लुम्बिनी हु,दै कुदान गोटीहवावाट पुन तिलौराकोट सम्म जोडने पर्यटन मार्ग बनाउन डिपिआर तयार भइसकेको र त्यसका लागी संघिय सरकारले १ करोड बजेट विनियोजन गरेको मन्त्रि खनालले बताउनुभयो ।

माघ २० देखी शुरु भएको र २३ गतेसम्म सन्चालन हुने स्वर्ण महोत्सवमा जग्गादाता मिनराज बेल्बासे, समाजसेवी गोविन्द खनाल, पुर्व प्रधानध्यापक शारदा खनाल, नरेन्द्र कुमार क्षेत्री, गाकर्ण कुँवर लगायतलाइ सम्मान समेत गरिएको थियो ।  यसै गरि प्रतिनिधि सभाका सासद बृजेश कुमार गुप्ताले भृकुटी माविको ५० स्वर्ण महोत्सवको सफलताका शुभकाना दिदै कृषि विज्ञान क्यापस तथा विश्वविदायल निमार्णका लागी आफुले पनि सरकार सगं पहल गर्ने बताए ।