बैकहरुले बढाएका व्याजदरको विरुद्धमा उद्योगीहरुद्धारा सरकारलाई ज्ञापनपत्र

प्रकाशित मिति:

बैंकहरुले उद्योगी, व्यवसायीहरुको घरदैलोमा गएर दिएको ऋणको व्याज ७ प्रतिशतबाट १६.७५ प्रतिशत सम्म बढाइएको भन्दै उद्योग व्यापार संगठन रुपन्देहीले जिल्ला प्रशासन कार्यालय रुपन्देही मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । संगठनले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगर मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
बैंकहरुलाई नियन्त्रण गर्ने नेपाल सरकार मातहतको राष्ट्रले के गरिरहेको छ भन्ने प्रश्न चिन्ह खडा भएको संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए । राष्ट्र र उद्योगी, व्यवसायीहरु जस्तो समस्यामा परे पनि राष्ट्रमा नाकाबन्दी, आन्दोलन, संकट आए पनि बैंकहरु लगातार नाफामा गइरहेको भए तापनि ब्याजदर वृद्धि गर्नु न्यायोचित नभएको भण्डारीले बताए ।

त्यस्तै माघ २५ गते वस्तुगत व्यवसायिक संस्था सहित अन्य संघ–संस्था र आम उद्योगी व्यवसायीलाई आह्वान गरेर वृहद् रुपमा नेपाल राष्ट्र बैंकमा शान्तिपूर्ण तरिकाले धर्ना दिने कार्यक्रम रहेको संगठनका वरिष्ठ उपाध्यक्ष ग्रिसचन्द्र त्रिपाठीले बताए । त्यस पछि पनि मागको सुनवाइ नभए तेस्रो चरणको कार्यक्रम घोषणा गरेर सांकेतिक रुपमा बजार बन्द र व्यवसायिक प्रतिष्ठानका चावी राष्ट्र बैंकलाई बुझाउने त्रिपाठीले जानकारी दिए । त्यसपश्चात पनि सरकारले नसुने राष्ट्रस्तरका व्यवसायिक संघ–संस्थाहरुलाई आह्वान गरेर अर्थमन्त्री र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम गर्ने उनले बताए । हाल घोषणा गरिएका कार्यक्रम जिल्लास्तर र प्रदेशस्तरको रहेको संगठनले जनाएको छ ।