विराटनगर विमानस्थलबाटै चोरी भयो ४ सय लिटर डिजल

प्रकाशित मिति:

मोरङ – विराटनगर विमानस्थलबाट चार सय लिटर डिजल चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरी आजद सार्वजनिक गरेको छ ।डिजल चोरी गर्नेमा विराटनगर विमानस्थलका कार्मचारीसमेत रहेको जिल्ला प्रहरी मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिनुभयो । उहाँका अनुसार, विमानस्थलका चौकीदार विराटनगर ४ का ४८ वर्षीय भोला यादव, छोरा २२ वर्षीय अमित र मुकेश यादव तथा भतिजा १९ वर्षीय चन्द्र यादवलाई पक्राउ गरिएको छ ।

प्रहरीले पक्राउ गरिएका चारै जनालाई मुलुकी अपराध ९संहिता ऐन २०७४ बमोजिम चोरी मुद्दाको म्याद थप चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

विमानस्थलको जेनेरेटर हाउसभित्र राखिएको चार सय लिटर डिजल चोरी गरेको अनुसन्धानका क्रममा खुलेपछि चारै जनालाई पक्राउ गरी सार्बजनिक गरेको हो । गत माघ ९ गते नै त्यो तेल चोरी हुनुको पछाडिको कारणमा चौकीदार र अन्य ३ जना आफन्त भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।विमानस्थलमा काम गर्ने भोलाले डिजल स्टक गरेर राखेको ठाउँका बारेमा सूचना दिएपछि उनका आफ्नै छोरा र भतिजाले चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

विराटनगर विमानस्थल प्रमुख टेकनाथ सिटौलाका अनुसार डिजल हराएको पाइएपछि प्रहरीलाई जानकारी गराईएको बताए ।सिटौलाले पुस १३ गते घटना अनुसन्धानका लागिभ भन्दै प्रहरीमा निवेदन दिएका थिए । ४ सय लिटर डिजलमा तीन सय १० लिटर डिजल एकै ठाउँमा लगेर बिक्री गरेको र बाँकी ९० लिटर भने प्रहरीले फेला पारेको त्यसै अवसरमा प्रहरीले जानकारी दिएको हो ।

थप समाचार