आफ्नै खुट्टामा आफैले बन्चरो, खुस्कियो कानुनमन्त्री तामाङको पद(भिडियो सहीत)

प्रकाशित मिति:

काठमाडौं \ आफ्नै अभिव्यक्तिका कारण आलोचित बनेका कानुन तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् । पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन् ।
केही दिन अघि उनले एक कार्यक्रममा बंगलादेशमा डाक्टरी पढ्न जाने छात्राहरुले सर्टिफिकेटका लागि आफ्नो अस्मिता सुम्पनु पर्ने बाध्यता रहेको आफूले सुनेको बताएका थिए । उनको यो अभिव्यक्तिको स्वास्थ्यकर्मी विद्यार्थी, नागरिक समाजलगायतले चर्को विरोध गरेका थिए । उनको अभिव्यक्तिको सामाजिक संजालमा पनि चर्को विरोध भएको थियो ।