बुटवलमा मेकानिकल मिट सम्पन्न

प्रकाशित मिति:

बतास अर्गनाईजेशनको भातृ संगठन त्रि थुंगा ट्रेडिड कन्र्सन र सिद्धार्थ अटो डेकको संयुक्त आयोजनामा बुटवलमा मेकानिकल मिट कार्यक्रम सम्पन्न भएको छ । करिब ६० जना मेकानिक्सहरुको सहभागिता रहेको कार्यक्रममा त्रि थुंगाका मार्केटिङ हेड पदम रानाले बतासका प्रचलित अत्पादन पेट्रोनास लुब्रिकेन्ट र ग्लोब्याट बेट्रीको बारेमा जानकारी दिनुभएको थियो ।साथै कार्यक्रममा उपस्थित मेकानिक्सहरुलाई मायाको चिनोले सम्मान समेत गरिएको थियो । सिद्धार्थ अटोका अध्यक्ष नविन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी फोर्स ग्रुपका अध्यक्ष दिनेशमान अमात्यले सवारी साधनका डाक्टर मेकानिक्सहरुले गाडीमा प्रयोग गरिने लुब्रिकेन्ट र बेट्रीको बारेमा स्पष्ट जानकारी पाउन आवश्यक रहेकाले यो कार्यक्रम फलदायी भएको बताउनुभयो ।  कार्यक्रममा त्रि थुंगाका रिजनल हेड कृष्ण बराल, टेक्निसियन हेड प्रकाश पाण्डे, सिद्धार्थका संचालकहरु निरन्जन पन्थ, आशिष लम्साल, प्रवीण भारी लगायतको उपस्थिती रहेको थियो ।