सैनामैनामा मेलमिलाप तथा सहजकर्ताको कार्य विधिवत रुपमा सुरु !

प्रकाशित मिति:

नरेश चौधरी / मुर्गिया – सैनामैना नगरपालिकामा आज देखि मेलमिलाप तथा सहजकर्ताको काम विधिवत रुपमा सुरु भएको छ । नगरपालिकाको कार्यालयमा एक कार्यक्रमका विच कार्यको उद्घाटन गरिएको हो । नगरपालिकामा मेलमिलाप सम्बन्धि कार्य यस अघि देखि नै सुरु भए पनि विधिवत रुपमा आज देखि सुभारम्भ भएको छ । कार्यक्रमको उद्घाटन गर्दै सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले पक्ष विपक्षलाई राखेर जितजितको सिद्धान्तमा मेलमिलाप गरिने र समाजमा शान्ति, सुराक्षा, सुब्यबस्था अमन चयन, भाईचारा कायम गर्न मेलमिलाप सहजकर्ताको काम महत्वपूर्ण भुमिका खेल्ने बता ए ।

संविधानमा व्यवस्था भए अनुसार स्थानिय तहहरु नगरपालिका तथा गाउँपालिकामा उपाध्यक्षलाई न्याय संपादनको अधिकार भए अनुसार न्यायीक समिति मार्फत काम भैरहेको र नगरपालिकामा कार्यविधि निर्माण पश्चात नगरपालिका तथा वडा कार्यलयहरुमा समेत मेलमिलाको कार्य गरिरहेको बताए । मुद्धाहरुलाई न्यायिक समिति मार्फत नगरपालिकामा पक्ष विपक्षहरुलाई मेलमिलाप गराउनु सहजकर्ताहरुले महत्वपूर्ण भुमिका खेल्नु पर्ने बताउदै समयमै न्याय नगरबासिले पाउनु पर्ने धारणा राखेका थिए ।

सैनामैना नरपालिकाकी उपप्रमुख विना रानाले सुचिकृत भए बमोजिम तालिम पाएका मेलमिलाप कर्ताहरुले विना स्वार्थ सेवाको भवले निश्पक्ष काम गर्नु पर्ने सहजकर्ताहरुलाई आग्रह समेत गरिन ।  साथै सैनामैना नगरपालिकाले मेलमिलापका लागि सहजकर्ता तालिम भने २०७५ मंसिर १६ गते देखि २३ गते सम्म चितवनको सौरहमा दिएको थियो ।