प्रदेश ५ गाडी खरिद प्रकरण : नेपाल महिला संघ रुपन्देहीले बुझायो ज्ञापनपत्र !

प्रकाशित मिति:

बुटवल –प्रदेश ५ मा भएको गाडी खरिद प्रकरणमा अनुसन्धान गरिरहेको लेखा समिति र अख्तियारमा नेपाल महिला संघ रुपन्देहीले ज्ञापन पत्र बुझाएको छ । ति संस्थाहरुले प्रभाकारी अनुसन्धान गरि सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको संघले जनाएको छ । संघका अध्यक्ष गंगा शाहीको नेतृत्वमा गएको महिला संघको टोलीले ज्ञापन पत्र बुझाएको हो ।

अख्तियार प्रमुख रविलाल पन्तलाई ज्ञापन पत्र बुझाउदै अध्यक्ष शाहीले सत्यतथ्य छानविन गरि दोषिलाई कठघरामा ल्याउने विषयमा भूमिका खेल्न आग्रह गरे।

कार्यक्रमा प्रमुख पन्तले सबैको सकारात्मक सहयोग भएमा वस्तुनिष्ट अनुसन्धानमा सहयोग पुग्ने प्रतिक्रिया दिए । यस्तै महिला संघले प्रदेश सभा अन्तरगतको सार्वजनिक लेखा समितिलाई पनि ज्ञापन पत्र बुझाएको संघले जनाएको छ । दोषीलाई कारवाही गरी जनताको पसिनाबाट संकलन गरिएको राज्यवको दुरुपयोग रोकिनु पर्ने आफूहरूकाे माग रहेको महिला संघले जनाएको छ ।