कपिलबस्तुका सडकमा कांग्रेसी छपक्कै भरिए !

प्रकाशित मिति:

कपिलबस्तु – नेपाली कांग्रेसले देशव्यापी गरेको प्रदर्शनका क्रममा कपिलबस्तुमा समेत विशाल प्रदर्शन भएको छ । कपिलबस्तुका सडक भरि कांग्रेस कार्यकर्ताहरु विरोध प्रदर्शनका व्यानर र झण्डासहित सडमा उत्रिएका छन् । कपिलबस्तु कांग्रेसले प्रदर्शन अहिलेसम्मकै एतिहासिक हुने दावि गरेको छ । जिल्लाका विभिन्न स्थानवाट आएका कार्यकर्ताहरुले सदरमुकाम तौलिहवामा नारा जुलुस गरि तौलिहवा बजार परिक्रमा गर्दैछन । खेल मैदान वाट सूरु भएको प्रर्दशन , नयाटोल ,गौढि चौक, भिक्षु चौक परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय अगाडी आई सभामा परिणत हुने छ ।

सभामा केन्द्रीय सदस्य अतहर कमाल, पुर्व मन्त्री दिपकुमार उपाध्याय, जिल्ला सभापति सुरेन्द्रराज आर्चाय लगायत जिल्लाका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । प्रतिपक्षी कांग्रेसको भुमिका कमजोर र उपस्थिति नदेखिएको आरोप लागिरहदा  कांग्रेसले दरभर प्रदर्शन मार्फत एकमुष्ट जवाफ दिन खोजेको छ । कांग्रेसका नेताहरु देशभर प्रदर्शनको नेतृत्व गर्न विभिन्न जिल्ला पुगेका छन् ।

पार्टीले केन्द्रीय नेताहरुलाई जिल्ला जानको लागि निर्देशन भने जारी नगरेको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी गराए। कांग्रेसले यसपटक काठमाडौं उपत्यकामा पनि छुट्टाछुट्टै कार्यक्रम गर्ने भएको छ । यसअघि काठमाडौं उपत्यकामा एक ठाउँमा मात्रै कार्यक्रम हुँदै आएको थियो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँको विरोध प्रदर्शनको नेतृत्व गर्नेछन् । उपसभापति विमलेन्द्र निधिले धनुषामा सम्वोधन गर्दैछन् । महामन्त्री डा शशाङ्क कोइराला नवलपुरका विरोध सभामा सहभागी हुनेछन्।  पार्टी प्रवक्ता एवं केन्द्रीय सदस्य विश्व प्रकाश शर्मा चितवनको विरोध सभामा सहभागी हुनेछन्। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले तेह्रथुममा सम्वोधन गर्दैछन् ।  केन्द्रीय सदस्य डा शेखर कोइराला मोरङको प्रदर्शनमा सहभागी हुनेछन् । केन्द्रीय सदस्य नेता गगन थापा पोखराको विरोध सभामा सहभागी हुनेछन् ।  केन्द्रीय सदस्य गुरु घिमिरेले अर्घाखाँचीको विरोध सभालाई सम्वोधन गर्दैछन् ।

कांग्रेसले १६ वटा मुद्दालाई सोमबारको विरोध सभामा उठाउँदै छ । उसले समसामयिक विषयका मुद्दा नै उठाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका आफ्ना मुद्दा नै छैनन् भनी ब्यङ्ग्य कस्दै आएका छन् ।

यही सेरोफेरोमा कांग्रेसले १६ मुद्दा उठाएको हो । ती मुद्दाहरु यस्ता छन्–
१, सरकारको अधिनायकवादको विरोध
२, संसदीय सर्वोच्चता कायम गर्न माग
३, सरकारको भ्रष्टाचार
४, राज्य आतंक बन्द गर्न माग
५, संसदीय मर्यादा पालना गर्न माग
६, हत्याहिंसा बन्द गर्न माग
७, वाइडबडी भ्रष्टाचारीलाई कार्वाही गर्न माग
८, निर्मला पन्तका बलात्कारी र हत्यारालाई कार्वाही माग
९, डा गोविन्द केसीसंग भएका सम्झौता पूरा गर्न माग
१०, चर्को मुल्यवृद्धि फिर्ता गर्न माग
११, तेत्तीस किलो सुनकाण्डका गिरोहलाई कार्वाही गर्न माग
१२, अनियमित बुढीगण्डकी ठेक्का बदर गर्न माग
१३, सुशासन कायम गर्न माग
१४, विधिको शासनको पूर्ण पालना गर्न माग
१५, होलीवाइनको सन्दर्भ जोडेर परम्परा तोडेको आरोप
१६, राज्य संचालन पारदर्शी गर्न माग ।