कम्युनिष्टहरुको सरकारदेखि डराएकाहरुले आन्दोलन गरेका छन् : प्रधानमन्त्रि

प्रकाशित मिति:

प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रगमन विरुद्धका सबै प्रयास नियन्त्रण गरिने बताएका छन्। प्रेस चौतारी र प्रेस सेन्टरले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री ओलीले सरकार गठन भएकै दिनदेखि हनिमुन मनाउन नदिने भन्दै काँग्रेसले बखेडा झिकेको बताए। “हामी हनिमुन मनाउन आएका होइनौं। काम गर्न आएका हौं” प्रधानमन्त्री ओलीले भने, “सरकार गठन भएका दिनदेखि अपदस्थ गर्छौं भन्नेहरूलाई थाहा हुनपर्यो चुनावबाट मात्र अपदस्थ गर्न सकिन्छ। जसरी हामीले काँग्रेसलाई अपदस्थ गर्यौं।”

ओलीले कम्युनिष्टहरूको सरकार आएको मन नपराउनेहरू अहिले विभिन्न नाममा आन्दोलनमा लागेको बताए।