प्राकृतिक विपत्तीका कारण जापानमा ६५ बढीको मृत्यु

प्रकाशित मिति:

अत्याधिक गर्मीको कारण एक साताको बीचमा कम्तीमा ६५ जनाको मृत्यु भएपछि जापानको मौसम एजेन्सीले देशभरी चलेको तातो हावाको आँधीलाई प्राकृतिक विपत्ति घोषणा गरेको छ ।एजेन्सीका प्रवक्ताले कुनै भूभागमा गर्मीको स्तर धेरै देखिएकाले सर्वसाधारणलाई सजग सचेतसमेत गराएका छन् ।

हिट स्ट्रोकको कारण कारण २२ हजार भन्दा धेरै अस्पताल भर्ना भएको र तीमध्ये आधा भन्दा धेरै वृद्धवृद्धा रहेको सरकारको आकस्मिक सहायता अधिकारीहरुले बताएका छन् ।

जापानको मौसम पूर्वानुमानकर्ताहरुका अनुसार तातो हावाको आँधी कम हुने संकेत देखिएको छैन ।

सोमबार कुमागया शहरको तापक्रम ४१।१ डिग्री सेल्सियस मापन गरिएको थियो जुन जापानमा अहिलेसम्मकै उच्च तापक्रम हो् ।