रमाईलो ल्होसार साँझ२०७५ को तयारी पुरा

प्रकाशित मिति:

युएई /नेपालीका लागि नेपाली “ भन्ने मुल नाराका साथ स्थापना भएको एनआरएनए युएई, क्षेत्रीय समन्वय परिषद अलऐनले नेपालीहरूको बहु सॉस्कृतिक धरोहरलाई जीवन्त राख्ने सोचलाई अघि बढाउदै नेपाली चाडपर्वहरुको अवसरमा बिभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आईरहेको कुरा सर्वविदितै छ। सोही क्रमलाई निरन्तरता दिदै अलऐनले ल्होसारको अवसर पारी रमाईलो ल्होसार साँझ २०७५ को आयोजना गर्दै छ । फेब्रुवरी ८ तारिखका दिन हुने उक्त कार्यक्रम को तयारि पुरा भएको छ । कार्यक्रममा युएईमै रोजगारी गर्दै आईरहेका चिरपरिचित कलाकारहरुको बिशेष प्रस्तुती समेत रहनेछ ।

अलऐनको टप ५ रेस्टुरेन्टमा सम्पन्न हुने कार्यक्रममा विभिन्न नेपाली खानाका परिकार को साथमा गायक पारस लामा, गायिका सानू स्मिथ,सुरेन्द्र लामा,प्रशान्त ताजपुरिया र जनक रुचाल, नृत्यगंना नेमिका गुरूंग, अर्मिला लोप्चन, पुजा रेग्मि अस्मीता गिरीको प्रस्तुती रहनेछ साथै नेपाली बाल मन्चका कलाकारहरु सौभाग्य, सम्पुर्ण र आर्यनको विशेष प्रस्तुती रहने एनआरएनए युएई, क्षेत्रीय समन्वय परिषद अलऐनका सचिव तथा कार्यक्रम संयोजक जिवन यन्जनले बताएका छन ।