मंगलबारदेखि देशैभरका रेष्टुरेन्ट बन्द गर्ने घोषणा

प्रकाशित मिति:

काठमाण्डौ – रेष्टुरेन्ट तथा बार एसोसिएशन अफ् नेपाल ९रेबानले उपभोक्ताबाट लिँदै आएको १० प्रतिशत सेवा शुल्क खारेज गर्ने निर्णयको विरोधमा मंगलबारदेखि देशैभरका रेष्टुरेन्ट बन्द हुने भएका छन् ।अखिल नेपाल होटल तथा क्यासिनो मजदुर संघले १० प्रतिशत सेवा शुल्क हटाउन निर्णयको विरोधमा मंगलबारदेखि देशैभरका रेष्टुरेन्ट तथा बार बन्द गर्ने घोषणा गरेको हो ।

‘२०६३ सालदेखि चल्दै आएको १० प्रतिशत सेवा शुल्क अहिले बिनाकारण षड्यन्त्रपूर्वक तरिकाले हटाएर मजदुरमाथि अन्याय गरिएको छ, यसको बदलामा आइतबारदेखि देशभरका रेष्टुरेन्ट तथा बार बन्द गर्नेछौँ’, अखिल नेपाल होटल तथा क्यासिनो मजदुर संघका महासचिव मुक्ति दाहालले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।रेबानले आफूहरुसँग छलफल नै नगरी यो निर्णय गर्नु आपत्तीजनक रहेको र मजदुरमाथिको थिचोमिचो भएको पनि अखिल नेपाल होटल तथा क्यासिनो मजदुर संघले जनाएको छ ।

अदालतको आदेश र श्रम ऐन तथा नियमावलीविपरीत रेबानले १० प्रतिशत सेवा शुल्क कटौती गरेको मजदुर संगठनको आरोप छ ।रेबानले आफूहरुलाई पटक–पटक धोका दिइसकेकोले अब उनीहरुसँग वार्ता नगर्ने पनि मजदुर संगठनले जनाएका छन् । सरकारको उपस्थितिमा भरपर्दो ढंगले मात्रै वार्ता गर्ने महासचिव दाहालले बताउनुभयो ।