‘समर लभ’को गीत ‘गुनासो छैन’ सार्वजनिक

प्रकाशित मिति:

चर्चित उपन्यासकार सुविन भट्टराईद्वारा लिखित उपन्यास समर लभमा आधारित फिल्म ‘समर लभ’ को दोस्रो गीत सार्वजनिक भएको छ ।सार्वजनिक गीत ‘गुनासो छैन’मा पुष्पन प्रधानको स्वर, शब्द र संगीत रहेको छ ।गीतको भिडियोमा चलअचल दृश्यहरु समावेश गरिएको छ । गीतमा अभिनेता र अभिनेत्रीको प्रेम र पीडालाई देखाइएकोे छ ।फिल्ममा अतितको भूमिकामा आशिष पिया छन् भने अभिनेत्री रेवती क्षेत्री सायाको भूमिकामा देखिएका छन् ।

सुविन भट्टराईको उपन्यास ‘समर लभ’मा आधारित यो फिल्मलाई नाइटिङगल इनटरटेन्मेन्टले प्रस्तुत गरेको हो । फिल्ममा पुष्पन प्रधानको शब्द संगीत रहेको छ । त्यस्तै फिल्ममा सुविन भट्टराईको कथा, सामिप्यराज तिमल्सीना र उपन्यासकार सुविनकै संवाद पनि रहेको छ ।यही शुक्रवारबाट प्रदर्शनका लागि तयार रहेको फिल्मलाई नाइँ नभन्नू ल ३ुफेम निर्देशक मुस्कान ढकालले निर्देशन गरेका हुन् ।