गर्भवती महिलाले खानै पर्ने यी खानेकुरा

प्रकाशित मिति:

गर्भवती महिलाले खाने सन्तुलित आहारले स्वयं महिला र गर्भमा रहेको बच्चालाई फाइदा पुर्याउँछ। गर्भवती महिलाको पेटमा भएको बच्चाले आमाले खाएको खाना अनुसार पौष्टिकता प्राप्त गर्ने हुँदा गर्भवती महिलाले आहार बिहारमा ध्यान पुर्याउनु पर्दछ ।गर्भवती महिलाले खाने कुरामा निकै ध्यान दिनुपर्छ । आफु र आफ्नो पेटमा बढीरहेको बच्चाको लागि निम्न खानेकुरा खानुपर्छ ।

सखरखण्ड:सखरखण्ड भिटामिन सी, फोलिक एसिड र फाइबरको मुख्य स्रोत हो । यसले क्यारोटेनोइड्स तत्वबाट सुन्तला रंग प्राप्त गर्दछ भने यो शरीरमा भिटामिन ‘ए’मा परिवर्तन हुन्छ ।

गेडागुडी:गेडागुडी फाइबरको राम्रो स्रोत भएकाले यसले गर्भावस्थामा निम्तने विभिन्न समस्या कब्जियत र हेमोरोइड्सबाट पनि रोकथाम गर्छ । यसमा प्रोटिनसहित आइरन, फोलिक एसिड, पोटासियम, म्याग्नेसियम र आवश्यक फ्याटी एसिडको राम्रो स्रोत हो ।

दही: गाई तथा भैंसीको दुधबाट बनेको दहीमा प्रोटीन, प्रोबायोटिक्स र क्याल्सियम पाइन्छ । दहीमा पाइने क्याल्सियमले हड्डी मजबूत पार्नुका साथै शिशुको स्वस्थ हड्डीको बिकास गर्छ ।

अण्डा:प्रोटिनको राम्रो स्रोतको रुपमा अण्डालाई मानिन्छ । प्रोटिनले कोषहरु निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्छ । गर्भवती महिलाले अण्डा खानु निकै राम्रो मानिन्छ । यसमा कोलिनलगायतका भिटामिन र खनिज तत्वहरु पाइन्छ । कोलिनले बच्चाको दिमाग र स्पाइनल कर्ड राम्ररी विकास गर्न सघाउँछ ।

बोसोरहित मासु:प्रोटिनको मुख्य स्रोतको रुपमा बोसोरहित मासुलाई पनि लिइन्छ । बोसो नभएका मासुमा स्पाइनल कर्ड मजबूत बनाउन उपयोगी मानिने कोलिन पाइन्छ ।

फलफूल तथा तरकारी: हरियो, रातो, सुन्तला, पहेंलो तथा बैजनी रंगका फलफूल सेवनले शिशुले विभिन्न पोषक तत्व प्राप्त गर्छ । हरेक रंगको फलफूलमा अलग खालको भिटामिन र खनिज तत्व पाइन्छ ।